सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
गोगंबु हत्याकाण्ड

गोगंबु हत्याकाण्ड : यसकारण चितवन गएकी थिए

गोगंबु हत्याकाण्ड : यसकारण चितवन गएकी थिए

  • मिडिया डबली
  • मंगलवार, श्रावण २७ २०७७

  • 8.8K
    SHARES

  • गोगंबु हत्याकाण्ड : यसकारण चितवन गएकी थिए

    काठमाडौं– गोंगबुमा हत्याकाण्डकी अभियुक्त महिलाले आफु चितवन जानुको रहस्य खोलेकी छन्।

    उनले आइतबार बिहान आफू बसेको घर क्षेत्रमा तालिम प्राप्त कुकुरसहित प्रहरी टोली आएपछि डराएर चितवन गएको बताएकी हुन्।

    कृष्णबहादुर बोहोराको हत्यामा संलग्न भएको अभियोगमा चितवनबाट पक्राउ गरेकी कल्पना मुडभरी पौडेलले हत्यापछिको बिहान तालिम प्राप्त कुकुरसहित प्रहरी टोली आएको देखेपछि चिनेको एम्बुलेन्स चालकसँग छोराछोरीसहित चितवन गएको बयान प्रहरी समक्ष दिएकी छन्।

    प्रहरीले सुटकेशमा आइतबार बिहान टाउको र खुट्टा बिनाको शव फेलापारेपछि शरीरका थप अंगको खोजीका लागि जोजो नाम गरेको तालिम प्राप्त कुकुर प्रयोग गरेको थियो।

    दुई छोरी र एक छोरा मध्ये कल्पनाको जेठी छोरीको गएको वर्ष विवाह भएको थियो । आइतबार बिहान कुकुर देखेपछि छोराछोरी डराएकाले आफू चितवन गएको उनले प्रहरी समक्ष बयान दिएकी हुन्।

    कृष्णबहादुरले आफ्नो इच्छा विपरित यौन सम्बन्ध कायम गर्ने र कान्छी छोरीमाथि पनि नराम्रो दृष्टि लगाएकाले योजना नभए पनि हत्या गरेको उनले प्रहरीलाई दिएको बयानमा बताएकी छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण २७ २०७७०२:३४:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend