काठमाडौं- गोंगबु हत्या प्रकरणमा आरोपी महिलाले आफ्नो नांगो तस्बिर सार्वजनिक गरेपछि सहन नसकेर हत्या गरेको बयान दिएकी छन् । चितवनबाट पक्राउ परेकी कल्पना मुडभरी पौडेलले बोहोराको हत्या गरेको स्वीकार्दै प्रहरीसमक्ष यस्तो बयान दिएकी हुन्।
बोहोराले आफ्नो नामको नक्कली फेसबुक आइडी बनाएर नंग्न तस्बिर सार्वजनिक गरेको कल्पनाले प्रहरीसँग बताएकी छन्।
त्यसपछि कल्पनाले आफ्नै कोठामा बोलाएर बोहोरालाई बेहोस पार्ने औषधि खुवाई हत्या गरेको खुलेको छ ।
बयान अनुसार औषधि सेवनबाट बेहोस भएपछि कल्पनाले बोहोराको अण्डकोष काटिदिएको र त्यसपछि चक्कुले खुट्टा र टाउको छिनालेर शव व्यवस्थापन गरेको बताइएको छ ।
शव व्यवस्थापनमा कल्पनालाई उनकी १० कक्षामा पढ्ने छोरीले सहयोग गरेको खुलेको छ । प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत कल्पनालाई सार्वजनिक गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।