सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
आजको विशेष

गोंगबु हत्याकाण्ड : २४ घण्टाभित्रै प्रहरीलाई ठुलो सफलता, को हुन् प्रमुख योजनाकार ?

गोंगबु हत्याकाण्ड : २४ घण्टाभित्रै प्रहरीलाई ठुलो सफलता, को हुन् प्रमुख योजनाकार ?

  • मिडिया डबली
  • मंगलवार, श्रावण २७ २०७७

  • 29.0K
    SHARES

  • गोंगबु हत्याकाण्ड : २४ घण्टाभित्रै  प्रहरीलाई ठुलो सफलता, को हुन्  प्रमुख योजनाकार ?

    काठमाडौं - काठमाडौं प्रहरीले गोंगबु हत्याकाण्डका प्रमुख योजनाकार र आरोपीलाई सार्वजनिक गरेको छ ।

    महानगरीय प्रहरी परिसर टेकुमा मंगलबार पत्रकार सम्मेलन गरेर प्रहरीले कृष्णबहादुर बोहराको हत्यामा संलग्न कल्पना मुडभरी पौडेललाई सार्वजनिक गरेको हो ।

    दाङको घोराही घर भई काठमाडौंमा बस्दै आएका बोहरालाई कल्पनाले दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि हत्या गरेको प्रहरीले जनाएको छ ।

    काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले बोहोरा लठ्ठिएपछि कल्पनाले अण्डकोषमा हम्मरले प्रहार गरेको जानकारी दिए । कल्पनाले बोहरोको घाँटी सलले कसेर हत्या गरेकी थिइन् ।

    बोहोरा मरेको एकिन गरेपछि उनले घाँटी र खुट्टा छिनालेर आफैंले शव व्यवस्थापन गरेको एसएसपी ज्ञवालीले जानकारी दिए ।

    एसएसपी ज्ञवालीले कल्पना र कृष्णबहादुरबीच तीन–चार वर्षअघि फेसबुकबाट चिनजान भएको जानकारी दिएका छन् । चिनजानपछि उनीहरू नजिक भएका थिए ।

    पछि कृष्णबहादुरले नक्कली फेसबुक एकाउण्ट बनाएर महिलाका निर्वस्त्र तस्बिरहरू राख्न थालेको कल्पनाले प्रहरी समक्ष प्रारम्भीक बयान दिएकी छिन् ।

    शव फालेर उनी माइती जान्छु भन्दै एम्बुलेन्समा चितवन गएको देखिएको अनुसन्धानमा खुलेको छ । हत्याको मुख्य कारण यौन शोषण र नांगो तस्बिर फेसबुकमा हालेको भन्ने देखिएको प्रहरीले जनाएको छ ।

    सोमबार बिहान काठमाडौंको गोंगबुमा सुटकेसभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो । त्यसको केही मिटर पर जेब्रा झोलाभित्र टाउको र खुट्टा फेला परेको थियो ।

    प्रहरीले सोमबार नै हत्यामा संलग्न महिला र उनकी छोरीलाई चितवनको टाँडीबाट पक्राउ गरेर मंगलबार बिहान काठमाडौं ल्याएर सार्वजनिक गरेको छ । बोहोराको शव व्यवस्थापनमा उनकी छोरी पनि संलग्न रहेको प्रहरीको भनाइ छ ।

    कञ्चनपुरकी निर्मला पन्त बलात्कार र हत्या प्रकरणको घटनाले प्रहरीको आलोचना भइरहेका बेला गोंगबु हत्याकाण्डका दोषीहरूलाई प्रहरीले २४ घण्टाभित्रै पक्राउ गर्न सफल भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण २७ २०७७०२:४२:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend