काठमाडौं– टोखा नगरपालिका १० गोंगबुमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्याको कारण यौन रहेको पाइएको छ।
हत्या आरोपमा चितवनबाट पक्राउ परेकी महिला कल्पना मुडभरी पौडेलले आफूलाई ‘सेक्सुअल ह्यारेसमेन्ट’ गरेकाले सहन नसकेर हत्या गर्न बाध्य भएको बयान दिएकी छिन्।
उनले आफुमाथि पटक–पटक सेक्सुअल ह्यारेसमेन्ट भएको र त्यो सहन नसकेपछि अन्तिममा हत्या गर्न बाध्य बनेको बयान प्रहरी समक्ष दिएकी छन्।
शाहीले बोहरालाई सुरुमा अण्डकोषमा हम्मरले हानेर हत्या गरेको बताएकी छिन्। किला ठोक्न प्रयोग हुने हम्मरले बोहराको संवेदनशील अंग अण्डकोषमा हानेर हत्या गरेको उनले बताएकी हुन्। अण्डकोषमा चोट र नीलडामसमेत देखिएको प्रहरीले जनाएको छ।
हम्मरले हानेर मारिसकेपछि पौडेलले खुकुरीले बोहराको घाँटी र खुट्टा काटेको बयान दिएकी छिन् । सुटकेशमा लाश नअट्ने भएपछि घाँटी र खुट्टा काट्नु परेको पौडेलले बताएको स्रोतले जानकारी दिएको छ ।
घाँटी र खुट्टा काटेपछि सुटकेश र जेब्रा झोलामा प्याक गरेर शवको व्वस्थापन गरिएको र त्यसका लागि उनकी १५ वर्षीया छोरीले समेत सहयोग गरेको पाइएको स्रोतले जानकारी दियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।