काठमाडौं- काठमाडौंको गोंगबुस्थित गणेशस्थानमा हत्या भएका दाङका कृष्णबहादुर बोहराको हत्या आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
चितवन टाँडीस्थित माधवपुरबाट कल्पना मुडभरी पौडेललाई प्रकाउ गरेर प्रहरी काठमाडौं ल्याइरहेको प्रहरी स्रोतले जनाएको छ ।
आइतबार विहान बोहराको शरीरको मुख्य भाग सुटकेशमा तथा टाउको र बुट्टा जेब्रा झोलामा फेला परेको थियो ।
भयानकरुपमा हत्या गरिएका उनको सनाखत सोमबार मात्रै हुन सकेको थियो । हत्या गरिएका बोहरा नयाँ बजारस्थित एक गार्मेन्टमा काम गर्थे ।
गोंगबुस्थित नवज्योती मार्गमा रहेको किरण बस्नेतको घरको तेस्रा तल्लामा हत्या गरेर बोहराको शवलाई ५० मिटर पर सडकमा फालिएको थियो । मुख्य बडीको करिब २ सय मिटर पर टाउको र गोडा फेला परेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।