काठमाडौँ– गोगंबु हत्या प्रकरणमा संलग्न कल्पना मुडभरी पौडेललाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ।
सोमबार बेलुका पक्राउ परेकी उनलाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो। प्रहरीलाई दिएको बयानमा कल्पनाले रोल्पाका कृष्णबहादुर बोहोराको हत्या गरेको स्वीकार गरेकी छन्।
कल्पनाले कृष्णबहादुरलाई दहीचिउरा, रक्सी मासु खुवाएको र त्यसपछि हत्या गरेको स्वीकार गरेकी छन्। दहीमा नसालु पदार्थका पाँचवटा ट्याब्लेट मिसाएर खुवाएपछि बेहोस भएका कृष्णबहादुरको अण्डकोशमा प्रहार थिइन्।
३७ वर्षकी कल्पनाले कृष्णको अण्डकोशमा प्रहार गरेपछि सलले घाँटी कसेर मृत्यु पक्का गरेको बताएकी छन्। त्यसपछि भान्छामा रहेको हतियारले टाउको र खुट्टा काटी शरीर सुटकेसमा राखेर बाहिर फालेको उनले बताएकी छन्। आफू एक्लैले मारेको भए पनि शव व्यवस्थापनमा छोरीको सहयोग लिएको उनले बताएकी छन् ।

हत्याको घटना शनिबार राति ८ देखि १० बजेको बिचमा भएको खुल्न आएको प्रहरीले जनाएको छ। राति ११ बजेतिर ट्वाइलेटमा लगेर घाँटी काटेको र त्यसपछि घाँटी तथा खुट्टा झोलामा हालेर फालेको उनले जानकारी दिएकी छन् ।
शरीर सुटकेशमा राखेर राति १ बजे बाहिर लगेको र त्यसमा छोरीले साथ दिएको उनको भनाई छ । प्रहरीले छोरीलाई पनि पक्राउ गरेको छ। चितवनबाट बिरामी लिएर आएको एम्बुलेन्सका चालकलाई आफूले चिनेको र सोही एम्बुलेन्समा आइतबार बेलुका चितवन गएको उनले बताएकी छन्।
कृष्णबहादुरले आफूमाथि यौन दुर्व्यवहार गर्ने तथा आफ्नो तस्बिर राखेर फेक फेसबुक आइडी बनाएर दुःख दिने गरेको उनले दाबी गरेकी छन्। आफ्नी छोरीमाथि पनि आँखा लगाएकाले योजना नभए पनि हत्या गरेको कल्पनाले बयानमा उल्लेख गरेको प्रहरीले जनाएको छ।
कल्पना विभिन्न टेलिचलचित्रमा अभिनय गर्ने कलाकार रहेको समेत खुलेको छ। गोंगबुको गणेशस्थान नजिकै आइतबार बिहान टाउको र खुट्टा बिनाको शव राखिएको सुटकेश फेला परेको थियो। सुटकेशभन्दा करिब चार सय मिटर पर टाउको र खुट्टा राखिएको जेब्रा झोला बरामद भएको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।