काठमाडौं–कहिले कालो बोका, कहिले काला कांग्रेस । यस्तो कालाको चक्करमा लाग्ने मन्त्री हुन्,लेखराज भट्ट । डोटी,डडेल्धुराको मन्दिरमा ४ वटा कालो बोका चढाएर भौतिकवादी दर्शनको आफैँले खिल्ली उडाउने उनै उद्योगमन्त्री लेखराज भट्टले फेरि काला कांग्रेस च्यापेर उद्योग विभाग हाँक्ने जिम्मा दिएका छन् । जीवनप्रकाश सिटौला दुई साताअघि पुनः निर्माण प्राधिकरणमा तानिएपछि उद्योग विभाग हाकिमबिहीन थियो । त्यही ठाउँमा जीवलाल भुषाल पठाइए ।
भुषाल उपसचिव हुँदादेखि नै उद्योगमा बसेका कर्मचारी हुन् । केही अघिमात्र सहसचिवमा उक्लिएका उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा थिए । उद्योग विभागमा सबैभन्दा सिनियर सहसचिव पठाउने चलनको क्रम भंग गर्दै क्रान्तिकारी मन्त्री भट्टले जुनियर कर्मचारीलाई विभाग हाँक्ने जिम्मेवारी दिएसँगै उद्योगका कर्मचारीहरु मन्त्रीसँग फायर छन् । त्यसाथि आफू निकटस्थ कर्मचारीलाई रेटेर चारतारे कर्मचारीलाई छानी–छानी जिम्मेवारी दिएको जो कथा छ ।
लेखराजले मन्त्रालयको औद्योगिक प्रवद्र्धन महाशाखाको कमाण्ड गर्दै आएका पुष्पराज शाहीको जिम्मेवारी खोसेर नारायणप्रसाद रेग्मीलाई लगे । रेग्मी हालै कृषि मन्त्रालयबाट उद्योगमा छिरेका हुन् । सिनियर सहसचिवको रुपमा उद्योग विभागको महानिर्देशकका प्रवल दावेदार थिए, पुष्पराज शाही । पूर्वमाओवादी निकटकै कर्मचारी । तर, उनलाई त्यहाँ नलगी भर्खरै सहसचिवमा उक्लिएका भुषाललाई विभागको जिम्मेवारी दिइयो ।
वनमन्त्री शक्ति बस्नेतले समेत शाहीलाई विभागको महानिर्देशकमा नियुक्त गर्न आग्रह गर्दै आएका थिए । तर, लेखराजले पैसा पेल्न सक्ने भुषाललाई उद्योगको हाकिम बनाए । भट्टले शिव घिमिरेका लागि ग्यास उद्योगको लाइसेन्स दिने उदेश्यले नै पहिला आफैले लाइसेन्स हात पारेको र जम्मा १२ करोड लगानी गरेर पछि १८ करोडमा सैपाल ग्यास उद्योग बेचेको चर्चा ग्यास उद्योगीहरुबीच चर्चामा छ ।
यता, हिजो बुधबार मन्त्री भट्ट कर्मचारीहरुबाटै घेराबन्दीमा परे । उनले करारमा कार्यरत सबै कम्प्युटर अपरेटरलाई जागिरबाट निकालेपछि पीडित कर्मचारीहरुको घेराबन्दीमा परेका हुन् । उनलाई हिजो १४र१५ जनाको संख्यामा रहेका करारका कम्प्युटर अपरेटरहरुले कार्यकक्षमै घेरेका थिए । पछि मन्त्रीका निजी सचिव, सुरक्षाकर्मीहरुको सहयोगमा घेर्न पुगेका कर्मचारी बाहिर निकालियो । जनआस्था साप्ताहिकबाट
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।