आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

भारत सरकारले बनाइदियो राष्ट्रपति भण्डारी पढेको क्याम्पसको विज्ञान भवन

भारत सरकारले बनाइदियो राष्ट्रपति भण्डारी पढेको क्याम्पसको विज्ञान भवन

  • मिडिया डबली
  • शुक्रवार, श्रावण ९ २०७७

  • 6.5K
    SHARES

  • भारत सरकारले बनाइदियो राष्ट्रपति  भण्डारी पढेको क्याम्पसको विज्ञान भवन

     विराटनगर - भारत सरकारले विराटनगरस्थित महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पसको पुन निर्माण गरिदिएको छ । करिब साढे ४ करोड नेपाली रुपैयाँको लागतमा भारत सरकारले स्कुलको भवन बनाइदिएको हो ।

    काठमाडौंस्थित भारतीय राजदूतावास, जिल्ला समन्वय समितित मोरङ्ग तथा क्याम्पस व्यवस्थापन समितिले संयुक्त रुपमा आज उक्त क्याम्पस भवनको उद्घाटन गरेको छ ।

    नेपालभर रहेका प्रारम्भिक पूर्वाधार विकास परियोजनाहरुलाई सहयोग तथा सुदृढ गर्न पहिले साना विकास परियोजनाको नामले परिचित यस परियोजनालाई भारतीय राजदूतावासले उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) को रुपमा नेपाल–भारत द्विपक्षीय प्रयास अन्तर्गत अघि सारेको हो ।

    यस प्रयास अन्तर्गतका परियोजनाहरुले परियोजना क्षेत्रमा रहेका समुदायहरुलाई विशेष गरी शिक्षा, स्वास्थ्य, कनेक्टिभिटी, खानेपानी र सरसफाई, व्यवसायिक प्रशिक्षण, मेडिकल क्याम्पस आदि विविध क्षेत्रमा फाइदा पुर्याउँदछ ।

    सन् २००३ यता भारतले हालसम्म नेपालका ७७ जिल्लामा ७ सय ९८ करोड नेपाली रुपैयाँ अनुदान सहयोगमा ४२२ वटा ‘एचआईसीडीपी’ सम्पन्न गरिसकेको छ । सन् १९५५ मा स्थापना भएको यस क्याम्पस प्रदेश–१ मा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सबैभन्दा ठूलो क्याम्पस मध्यको एक हो ।

    यस नवनिर्मित दुई तल्ले भवनमा १७ वटा कक्षा कोठा, प्रयोगशाला, भण्डारण कक्ष र प्रत्येक तल्लामा छात्र र छात्राका लागि छुट्टै सरसफाईका सुविधा रहेका छन् ।

    यस नवनिर्मित भवनको निर्माणले स्नातक र विद्यावारिधि तहका झण्डै ७००० विद्यार्थी लगायत विभिन्न सङ्कायका प्रतिनिधिहरु लाभान्वित हुनेछन् ।

    क्याम्पसबाट उत्र्तीण धेरै विद्यार्थीहरु मध्ये नेपालका सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी एक हुन् । यस क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरु उपप्रधानमन्त्री, मन्त्री तथा प्राविधिक विज्ञ भएका छन् ।

    नयाँ क्याम्पस भवनको उद्घाटनको अवसरमा सराहना तथा सन्तुष्टि व्यक्त गर्दै क्याम्पस प्रमुख श्री बाबुराम तिमिल्सिनाले क्याम्पसका सङ्काय, विद्यार्थी र आफू विश्व परिवारका विद्यार्थी रहेको र भारतीय जनताको सहयोग नेपाल र भारतले विश्वास गर्दै आएको वसुधैव कुटुम्बकम्को प्रतिबिम्बको रुपमा रहेको बताए ।

    यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई भारतले सहयोग गर्न पाएको अवसरमा खुसी व्यक्त गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २६ २०७७०८:१६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend