शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

भोटेकोशी बाढीबारे छलफल गर्न आज बस्दै सर्वदलीय बैठक

भोटेकोशी बाढीबारे छलफल गर्न आज बस्दै सर्वदलीय बैठक

  • मिडिया डबली
  • मंगलवार, भाद्र १६ २०८३

  • 345
    SHARES

  • भोटेकोशी बाढीबारे छलफल गर्न आज बस्दै सर्वदलीय बैठक

    काठमाडौँ - भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलका अनुसार बैठक दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।

    बैठकमा बाढीबाट भएको क्षतिको यकिन अवस्था, बेपत्ताको खोजी तथा प्रभावितको उद्धार, राहत वितरण र पुनःस्थापनाका लागि आवश्यक पहलका विषयमा छलफल हुने जनाइएको छ।

    भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको र अझै केही व्यक्ति बेपत्ता रहेकाले उनीहरूको खोजी तथा प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने विषयलाई बैठकले प्राथमिकता दिने बताइएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र १६ २०८३११:११:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend