काठमाडौं - नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गत भदौ २३–२४ गते भएको जेनजी आन्दोलन जनतामा चुलिएको चरम निराशा र असन्तुष्टिको परिणाम भएको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै केसीले तत्कालीन सरकारको दमनका कारण आन्दोलन थप चर्किएको बताए। उनका अनुसार आन्दोलन कुनै दलको पक्ष वा विपक्षमा नभई शासन व्यवस्था र राजनीतिक संस्कार परिवर्तनको मागसहित भएको थियो।
केसीले आन्दोलन सरकार परिवर्तनका लागि मात्र नभई सरकार सञ्चालनको शैली परिवर्तन, सुशासन कायम तथा विधिहीनता र दण्डहीनताको अन्त्यका लागि भएको बताए। आन्दोलनको मर्मअनुसार सरकार अघि बढ्न सकेको छ कि छैन भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको उनको भनाइ छ।
ठूलो जनविश्वास र आशाका साथ बनेको सरकारले जनअपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिँदै केसीले अहिले देशका विभिन्न क्षेत्रमा समस्या बढिरहेको बताए।
उनले बाढी तथा विपद्बाट प्रभावित नागरिकको उद्धार र सुरक्षामा समेत पर्याप्त ध्यान पुग्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए। बाढीमा फसेका नागरिकको तत्काल उद्धार र सुरक्षाका लागि सबै पक्ष एकजुट हुनुपर्ने उनको भनाइ छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।