शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

च्याम्पियन्स लिगमा ब्रुगेसँग भिड्न एस्टन भिला तयार

च्याम्पियन्स लिगमा ब्रुगेसँग भिड्न एस्टन भिला तयार

  • मिडिया डबली
  • मंगलवार, भाद्र २३ २०८३

  • 210
    SHARES

  • च्याम्पियन्स लिगमा ब्रुगेसँग भिड्न एस्टन भिला तयार

    काठमाडौं - एस्टन भिलाका मुख्य प्रशिक्षक उनाई एमेरीले च्याम्पियन्स लिगको नयाँ सिजनको सुरुआतका लागि टोली पूर्ण रूपमा तयार र आत्मविश्वासी रहेको बताएका छन्।

    भिलाले मंगलबार राति बेल्जियन क्लब ब्रुगेसँग खेल्दै च्याम्पियन्स लिग अभियान सुरु गर्दैछ। खेलअघि एमेरीले युरोपेली प्रतियोगितामा खेल्ने अनुभव र पछिल्लो सफलताले टोलीको आत्मविश्वास बढाएको बताए।

    एस्टन भिला एक वर्षपछि च्याम्पियन्स लिगमा फर्किएको हो। टोलीले सन् २०२४–२५ को संस्करणमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो।

    पछिल्लो समय पनि भिला उत्कृष्ट लयमा छ। टोली २०२५–२६ को युरोपा लिग विजेता बनेको थियो भने गत सिजन इंग्लिस प्रिमियर लिगमा चौथो स्थान हासिल गरेको थियो।

    ब्रुगे र भिलाबीचको खेल नेपाली समयअनुसार मंगलबार राति १०ः३० बजे हुनेछ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०८३१२:४१:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend