शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

चिलिमे सुरुङ उद्धारमा कुलमानको साथ, सेनाको आग्रहपछि रसुवा प्रस्थान

चिलिमे सुरुङ उद्धारमा कुलमानको साथ, सेनाको आग्रहपछि रसुवा प्रस्थान

  • मिडिया डबली
  • बुधवार, भाद्र २४ २०८३

  • 711
    SHARES

  • चिलिमे सुरुङ उद्धारमा कुलमानको साथ, सेनाको आग्रहपछि रसुवा प्रस्थान

    काठमाडौं - रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार कार्यमा सघाउन उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वऊर्जामन्त्री कुलमान घिसिङ रसुवा प्रस्थान गरेका छन्।

    नेपाली सेनाको आग्रहपछि घिसिङ उद्धार कार्यमा प्राविधिक सहयोग र समन्वय गर्न रसुवा गएका हुन्। विदेशी विज्ञसहितको टोलीलाई पावर हाउससम्म पुग्न आवश्यक प्राविधिक समन्वय तथा सुझावका लागि सेनाले घिसिङलाई सहयोग गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ।

    सुरुङभित्र उद्धार कार्य जारी रहेकाले प्राविधिक पक्षमा आवश्यक सहजीकरण गर्न घिसिङको सहभागिता महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०८:१८:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend