आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चुनाव सारेर सत्ताको आयु लम्ब्याउने सुत्र खोज्दै सुशिला सरकार

चुनाव सारेर सत्ताको आयु लम्ब्याउने सुत्र खोज्दै सुशिला सरकार

  • मिडिया डबली
  • आइतवार, मंसिर २२ २०८२

  • 1.2K
    SHARES

  • चुनाव सारेर सत्ताको आयु लम्ब्याउने सुत्र खोज्दै सुशिला सरकार

    काठमाडौं । जेनजीको नाममा भदौ २३–२४ मा भएका हिंसात्मक घटनापछि बनेको पूर्वप्रधानन्यायाधीश नेतृत्वको सरकारले फागुन २१ गते निर्धारित निर्वाचन सार्ने विषयमा आन्तरिक छलफल गरिरहेको स्रोतहरूले जनाएका छन् । प्रधानमन्त्री सुशिला कार्कीले कम्तिमा तीन महिला चुनाव सार्ने उल्लेख गर्दै मन्त्री थप गर्ने तयारी गरेकी हुन् । स्रोतका  अनुसार प्रधानमन्त्री कार्कीले नेकपा एमालेले सडक आन्दोलन चर्काउने भएकोले अहिले निर्वाचन गर्नसक्ने सुरक्षाका दृष्टिले पनि वातावरण नभएको बताउने गरेको स्रोतको दाबी छ ।

    आन्दोलनका क्रममा लुटिएका हतियार तथा जेलबाट भागेका कैदीहरू अझै फेला नपरेको र सुरक्षा जोखिम उच्च रहेको कारण देखाउँदै सरकारले चुनाव पछाडि सार्ने आधार खोजिरहेको बताइन्छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उपत्यका बाहिर जान नदिने निर्णयले एमालेलाई उत्तेजित बनाइने, त्यसलाई बहाना बनाएर चुनाव सार्ने वातावरणको जग निर्माण गर्ने गरी तयारी भइरहेको छ । कार्की निकट स्रोतका अनुसार सरकार करिब तीन महिना आफ्नो आयु लम्ब्याउने गरी रणनीति बनाइरहेको छ । एकातिर चुनावको तयारीमा सरकार जुटेको देखाउने र अर्कोतिर दलहरुलाई चिढाएर उत्तेजित पार्दै आन्दोलन भड्काउने वातावरण सिर्जना गर्ने र त्यसलाई देखाएर चुनाव सार्ने तयारीमा सरकार देखिन्छ ।

    यता त शुक्रबार भएको सर्वदलीय बैठकमा एमाले नेता महेश बर्तौलाले एमाले अध्यक्ष ओलीलाई स्थान हद लगाएर निष्पक्ष चुनाव सम्भव नभएको भन्दै प्रश्‍न उठाएपछि सरकारलाई चुनाव सार्न सहज भएको हो । सुरक्षा निकायले भयरहित वातावरण बनाउन सकिने स्पष्ट प्रमाण दिन नसकेकाले एमाले सरकारको निर्वाचन तयारीप्रति विश्वस्त नरहेको उनले बताएका थिए । यसअघि महेश बस्‍नेत बारा जाने क्रममा उनीमाथि आक्रमणको प्रयास भएको थियो । सरकारले नै संरक्षण गरेका युवाहरुबाट दलका नेताहरु चुनावी अभियानमा जान नसक्‍ने स्थिति सिर्जना भएको छ ।

    भदौ २३–२४ को घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक उपत्यकाबाहिर जान पनि रोक लगाएको छ । मुलुकको दोस्रव ठूलो दल नेकपा एमालेका अध्यक्ष रहेका ओलीलाई नै चुनावी अभियानमा जान नदिने गरी सरकारले रोक लगाउँदा एमाले उत्तेजित हुने र चुनाव भाँड्नसक्ने सरकारको अनुमान छ । जसका कारण एमालेलाई देखाएर आफ्नो सत्ताको आयु लम्ब्याउने रणनीति सुशिला सरकारले अख्तियार गरेको देखिन्छ ।

    अर्कोतिर सुरक्षा निकायले पनि लुटिएका हतियारहरु अझैसम्म फिर्ता नभएको र हतियार चलाउन जानेका मानिसहरु र कैदीबन्दीहरु पनि बाहिर नै रहेकोले चुनाव भयरहित वातावरणमा सम्पन्‍न गर्न निकै कठिन पर्ने रिपोर्टिङ प्रधानमन्त्री कार्कीलाई गरेका छन् । त्यसैगरी जेनजी आन्दोलनका क्रममा हजारौं सरकारी गाडीहरु जलेर नष्ट भएको र चुनावको समयमा आवश्यक पर्ने सवारीसाधन पनि उपलब्ध हुन नसकेको सुरक्षा निकायको रिपोर्टिङ रहेको छ । हाल प्रहरीले विभिन्‍न जिल्लाबाट तानेर सवारीसाधन सञ्‍चालन गरिरहेका छन् । तर, सरकारसँग पर्याप्त सुरक्षा र सवारी नभएको, स्रोतको अभाव भएका कारण चुनाव गर्न सकिने स्थिति नदेखिएकाले प्रधानमन्त्री कार्की दोष आफूमा नआउने गरी चुनाव सार्ने सुत्रको खोजीमा छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ १२ २०८१०९:५७:३१

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend