आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चुनावको सुरक्षाका लागि प्रहरीका यी हाकिमले पाए महत्वपूर्ण जिम्मेवारी, अरु को–को छन्? 

चुनावको सुरक्षाका लागि प्रहरीका यी हाकिमले पाए महत्वपूर्ण जिम्मेवारी, अरु को–को छन्? 

  • मिडिया डबली
  • सोमवार, श्रावण २३ २०७९

  • 4.5K
    SHARES

  • चुनावको सुरक्षाका लागि प्रहरीका यी हाकिमले पाए महत्वपूर्ण जिम्मेवारी, अरु को–को छन्? 

    काठमाडौं । संघ र प्रदेश निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले आफ्नो तयारी थालेको छ। नेपाल प्रहरीले निर्वाचनको सुरक्षा योजना तयार गर्नका लागि कार्य विभागका अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुल थापाको कमाण्डमा निर्वाचन सेल गठन गरिएको हो। 

    यसअघि स्थानीय तहको निर्वाचनमा पनि थापाकै नेतृत्वमा चुनावी सुरक्षा योजना बनेको थियो। चुनावी सेलमा कार्य विभागकै डीआईजी वसन्त कुँवर लगायत सदस्य छन्। थापा नेतृत्वको टिमले अब निर्वाचन आयोगसँग समन्वय गरेर मतदान केन्द्रको सुरक्षा योजना तयार गर्ने बताइएको छ। 

    एआईजी थाप नेतृत्वको टोलीले देशभरका मतदान केन्द्रका लागि प्रहरी परिचालनको व्यवस्थापन, आवश्यक गाडी घोडा र निर्वाचन सुरक्षाका लागि आवश्यक सामाग्री, हातहतियारलगायत आवश्यक व्यवस्थापनको योजना तयार गर्ने जिम्मेवारी पाएको छ। 

    यही सेलले नेपाली सेनासँग र सशस्त्र प्रहरीसँग पनि समन्वय गर्नेछ। केन्द्रीय सेलले चुनावका लागि आवश्यक म्यादी प्रहरीको विषयमा पनि टुंगो लगाइने छ। यसअघि स्थानीय तहको निर्वाचनमा एक लाख म्यादी भर्ना गरिएको थियो। आगामी निर्वाचनमा त्यो भन्दा बढी म्यादी भर्ना गर्ने सरकारको तयारी छ। सरकारले संघ र प्रदेश निर्वाचन मंसिर ४ गते एकै चरणमा देशभर गर्ने योजना बनाएको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर २२ २०८२०८:१२:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend