आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्न आज चुनाव

अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्न आज चुनाव

  • मिडिया डबली डेक्स
  • शनिवार, माघ १२ २०८१

  • 891
    SHARES

  • अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्न आज चुनाव

    काठमाण्डौ । नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलनअन्तर्गत आज चुनाव हुँदैछ । नयाँ नेतृत्व चयन गर्नका लागि देशभरका साढे २४ सय प्रतिनिधिले मतदान गर्दैछन् ।

    उपत्यका विशेष प्रदेश र बाग्मती प्रदेशको मतदान काठमाण्डौमा हुँदैछ । अरू प्रदेशको सम्बन्धित प्रदेशबाटै मतदान गर्ने व्यवस्था गरिएको छ । निर्वाचन समितिका अनुसार ३३ पदाधिकारीका लागि एक सय ५५ जनाको उम्मेदवारी परेको छ ।

    अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । केन्द्रीय अध्यक्षका लागि हेमन्त राई, सुदिन पौडेल, विजयप्रकाश शर्मा सापकोटा, योगेन्द्र बुढा र उपदेश यादवबीच प्रतिस्पर्धा हुँदैछ ।

    अखिल क्रान्तिकारीमा एक अध्यक्ष, नौ उपाध्यक्ष, एक महासचिव, नौ उपमहासचिव, १२ जना सचिव र एक कोषाध्यक्ष गरी ३३ पदाधिकारी, ४८ सदस्यीय सचिवालयसहित कुल ३ सय १२ जना चयन हुनेछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर २२ २०८२०८:१२:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend