आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेस र कम्युनिस्टबीच चुनावी भिडन्त हुँदै, को छ बलियो ?

कांग्रेस र कम्युनिस्टबीच चुनावी भिडन्त हुँदै, को छ बलियो ?

  • मिडिया डबली
  • शनिवार, पौष ४ २०७७

  • 8.9K
    SHARES

  • कांग्रेस र कम्युनिस्टबीच चुनावी भिडन्त हुँदै, को छ बलियो ?

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चर्किएका बेला आज शनिबार सर्वोच्च अदालत बार एसोसिएसनको नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा नेपाली कांग्रेस र नेकपा निकट उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।

    कांग्रेस र नेकपा निकटका कानून व्यवसायीले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरिरहेका छन् ।

    नेपाली कांग्रेस निकट कानून व्यवसायीको संगठन डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए) ले वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको नेतृत्वमा चुनावी प्यानल बनाएको छ । नेकपा निकट कानून व्यवसायीको संगठन नेपाल लयर्स एसोसिएसन (एनएलए) ले वरिष्ठ अधिवक्ता रविनारायण खनालको नेतृत्वको प्यानल बनाएर प्रतिस्पर्धा गरिरहेको छ ।

    गत जेठ महिनामा हुनुपर्ने निर्वाचन कोरोनाका कारण पुसमा हुन लागेको छ । ६०५ मतदाता रहेको सर्वोच्च बारमा तुलानात्मक रूपमा कांग्रेस निकट संगठन डीएलए बलियो मानिन्छ । मतदान सर्वोच्च अदालत परिसरमा बिहान ८ बजेदेखि ३ बजेसम्म हुने जनाइएको छ ।

    सर्वोच्च बारको कार्यसमितिले नेपाल बारको केन्द्रीय कार्यकारिणी परिषद् सदस्य (पार्षद्) समेत चयन गर्ने भएकाले चुनावलाई अर्थपूर्ण रूपमा हेरिएको छ । पार्षद्का लागि २१ जना चुनावी मैदानमा रहेका छन् ।
     
    प्रगतिशील पेशागत कानून व्यवसायीको समूहका तर्फबाट वरिष्ठ अधिवक्ता रविनारायण खनाल अध्यक्षका उम्मेदवार छन् । प्रगतिशील समूहबाट उपाध्यक्षमा मुकुन्दप्रसाद पौडेल, सचिवमा अञ्जिता खनाल, सहसचिवमा शोभा कार्की र कोषाध्यक्षमा श्यामकुमार खत्रीले उम्मेदवारी दिएका छन् । महिला सदस्यमा देवी रेग्मी प्रतिस्पर्धामा रहेकी छन् ।

    प्रगतिशील समूहका सदस्यका उम्मेदवारमा कृष्णप्रसाद न्यौपाने, अनन्त कार्की, अनन्तराज लुइँटेल, तिलकविक्रम पाण्डे, छविलाल घिमिरे, दीपनारायण शाह, लेखनाथ भट्टराई, रमेशराज शर्मा र दिलकुमारी राई मैदानमा छन् ।

    लोकतान्त्रिक समूहबाट वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य अध्यक्षका उम्मेदवार बनेका छन् । उपाध्यक्षमा नमराज रिजाल, सचिवमा ऋषिराम घिमिरे, सहसचिवमा शर्मिला श्रेष्ठ र कोषाध्यक्षमा विनोदकुमार कार्की भिड्दैछन् । महिला सदस्यमा अमिता गौतम प्रतिस्पर्धामा रहेकी छन् ।

    सदस्यमा वियकुमार प्रधान, ज्योतिदेव पनेरु, ओमकृष्ण श्रेष्ठ, राजेन्द्रप्रसाद शाह, डा. रामहरि त्रिपाठी, खडानन्द कँडेल, निर्मला भण्डारी, विकास भट्टराई र मिराज श्रेष्ठ प्रतिस्पर्धामा रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend