आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चुनावको मुखमा चिनियाँ उच्चस्तरका नेतालाई नेपालमा कसले बोलायो ?

चुनावको मुखमा चिनियाँ उच्चस्तरका नेतालाई नेपालमा कसले बोलायो ?

  • मिडिया डबली
  • बिहिवार, कार्तिक २४ २०७९

  • 2.7K
    SHARES

  • चुनावको मुखमा चिनियाँ उच्चस्तरका नेतालाई नेपालमा कसले बोलायो ?

    काठमाडौं- पछिल्लो समय नेपालमा चिनियाँ गतिविधि तीव्र ढंगले बढिरहेको छ । नेपालले लिने नीति र पक्षमा चीनले चासोसमेत दिँदै आएको छ । त्यति मात्र होइन, नेपालमा हरेक महिना उच्चस्तरको चिनियाँ प्रतिनिधिमण्डल भ्रमणमा आइरहन्छन् । त्यसैले अहिले चीनले नेपालमा किन यति धेरै चासो राखिरहेको छ भन्नेतर्फ सबैको ध्यान गएको छ ।

    कतिसम्म कोभिड महामारीको बेला विभिन्न देशमा हवाई उडान बन्द गरेको र विदेशी पाहुनालाई आफ्नो देशमा आमन्त्रण नगर्ने चीनले नेपालमा भने आफ्ना दूतहरू पठाइरह्यो । चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलन सकिएको दुई साताभित्रै नेपालमा उच्चस्तरका नेता आउन लागेका छन् ।

    चीनको संस्कृति तथा पर्यटन उपमन्त्री ली छ्युन शुक्रबार नेपाल आउने भएका छन्। पर्यटनमन्त्री जीवनराम श्रेष्ठका स्वकीय सचिव भीमसेन राजबहाकले चिनियाँ मन्त्री छय्ुन चिनियाँ लगानीमा बनेका सम्पदाहरूको अवलोकन गर्ने बताए । निर्वाचनको पूर्वसन्ध्यामा चिनियाँ मन्त्रीको भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ। 

    नेपाल भ्रमणका क्रममा चिनियाँ मन्त्री छ्युनले वसन्तपुरस्थित हनुमानढोकाको नौ तल्ले दरबार अवलोकन गर्ने कार्यक्रम छ। त्यहाँ पर्यटनमन्त्री जीवनराम श्रेष्ठले स्वागत गर्ने कार्यक्रम छ।

    त्यस्तै मन्त्री छ्युन पशुपतिनाथ मन्दिर, पाटनस्थित कृष्ण मन्दिर, भक्तपुर दरवार स्क्वायरको भ्रमण गर्ने कार्यतालिका छ । तर उनको नेपाल भ्रमणबारे बालुवाटार अनभिज्ञ देखिएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवासमेतलाई यसबारे जानकारी दिइएको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर २२ २०८२०८:१२:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend