सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

देवरले गरे आफ्नै भाउजूको हत्या, माइलो दाई गम्भिर घाइते

देवरले गरे आफ्नै भाउजूको हत्या, माइलो दाई गम्भिर घाइते

  • मिडिया डबली डेक्स
  • बिहिवार, चैत्र १३ २०८१

  • 1.2K
    SHARES

  • देवरले गरे आफ्नै भाउजूको हत्या, माइलो दाई गम्भिर घाइते

    हेटौंडा । हेटौँडा उपमहानगरपालिका–१ स्थित चौकीटालमा देवरले आफ्नै भाउजूको हत्या गरेका छन्।

    राहुल भन्ने रमेश दासले बुधवार भाउजु गुडिया दासको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। गुडियाका श्रीमान वैदेशिक रोजगारीमा कतारमा रहेको प्रहरीले जनाएका छन्।

    रमेशले जेठी भाउजु वर्ष ३५ की गुडिया दासलाई टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

    उनका अनुसार आफ्नै घरको माथिल्लो तलाको कोठामा टाउकोमा चोट लागि मृत अवस्थामा रहेको भन्ने खबर राति ९ः०० बजे प्राप्त भइ प्रहरी अनुसन्धान टोली पुग्दा मृतक जेठी भाउजुलाई माइलो दाजु रुपेश दासलाई खुकुरी प्रहार गर्नुभन्दा पहिले नै अढाइ तल्ले घरको दोस्रो तल्लामा रहेको कोठामा टाउकोमा धारिलो हतियार प्रहार गरी देवर रमेश दासले हत्या गरेको अर्यालको भनाइ छ।

    दाजु २८ वर्षीय रुपेश दासलाई रमेशले घरायसी विषयमा विवाद हुँदा खुकुरी प्रहार गरेका थिए। उनलाई खुकुरीसहित नियन्त्रणमा लिएको थियो।

    निजलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएपछि भाउजूमाथि समेत खुकुरी प्रहरी गरेको खुल्न आएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, मंसिर ९ २०७७०३:०१:०८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend