सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

काठमाडौंमा डेरामा बस्नेको हत्या अभियोगमा छोरासहित घरबेटी पक्राउ

काठमाडौंमा डेरामा बस्नेको हत्या अभियोगमा छोरासहित घरबेटी पक्राउ

  • मिडिया डबली
  • आइतवार, भाद्र २८ २०७७

  • 6.3K
    SHARES

  • काठमाडौंमा डेरामा बस्नेको हत्या अभियोगमा छोरासहित घरबेटी पक्राउ

    काठमाडौं- काठमाडौंको कीर्तिपुरमा डेरावालाको हत्या अभियोगमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मृतकका घरबेटी र उनका दुई छोरा रहेका छन् ।

    भदौ २६ गते कीर्तिपुर नगरपालिका(७ भाजंगलमा डेरा गरी बस्ने ४२ वर्षीय शम्भु चौधरी भनिने शम्भु महतोको हत्या भएको छ । उनको हत्या अभियोगमा उनकै घरबेटी प्रेमकृष्ण महर्जन र उनका दुई छोरा परमेश्वर महर्जन र प्रमोद महर्जन पक्राउ परेका हुन् ।

    महताको घर भारतको विहार प्रदेश मोतिहारी जिल्ला पूर्वी चमरणग्राम पोस्ट संग्रामपुर हो। मृतक महतो र घरबेटीबीच पानी थाप्ने विषयमा सामान्य विवाद भएको खुलेको छ । विवादकै क्रममा घरधनी प्रेमकृष्णले ढोकामा लगाउने आग्लोले महतोको टाउको र शरीरमा प्रहार गरेका थिए।

    त्यसपछि गम्भिर घाइते भएका शम्भुको उपचारकै क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो । पक्राउ परेका तीनै जनालाई कर्तव्य ज्यानको कसुरमा म्याद थप गरेर अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, मंसिर २३ २०७७११:४७:४२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend