सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

मुकेश चौरसिया हत्याकाण्ड : नेकपाका संविधानसभा सदस्य गुप्ताविरुद्ध जाहेरी दर्ता

मुकेश चौरसिया हत्याकाण्ड : नेकपाका संविधानसभा सदस्य गुप्ताविरुद्ध जाहेरी दर्ता

  • मिडिया डबली
  • बिहिवार, कार्तिक १३ २०७७

  • 6.0K
    SHARES

  • मुकेश चौरसिया हत्याकाण्ड : नेकपाका संविधानसभा सदस्य गुप्ताविरुद्ध जाहेरी दर्ता

    पर्सा- नेकपाका गाउँस्तरीय नेता मुकेश चौरसियाको हत्या आरोपमा संविधानसभा सदस्य एवम् नेकपाका नेता राजकुमार गुप्ताविरुद्ध किटानी जाहेरी दर्ता भएको छ। पीडितपक्षले सरकारी वकिलको कार्यालयमार्फत कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गराएका हुन्।
     
    मुकेशको मृत्यु भएको सातौँ दिन सरकारी वकिलको कार्यालयमार्फत गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता गरिएको पीडितपक्षले बताएका छन्। 

    गुप्तासहित १२ जनाविरुद्ध परेको जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता मनोजीत कुँवरले जानकारी दिएका छन्। 

    गत बिहीबार नेकपा जिल्ला कमिटीले विन्दवासीनी गाउँपालिका कमिटीमा गरेको सपथ ग्रहण कार्यक्रममा झडप हुँदा त्यही गाउँपालिका सचिव मुकेश चौरसियाको ज्यान गएको थियो। 

    सपथ ग्रहणमा नसमेटिएको पक्षले विवाद झिकेपछि सडकमै हानाहान भएको थियो। बाँसको भाटाले हानाहान गर्ने क्रममा टाउकोमा गम्भीर चोट लागेका उनको वीरगञ्जस्थित एलएस न्यूरो अस्पतालमा शुक्रवार ज्यान गएको थियो। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, मंसिर २३ २०७७११:४७:४२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend