काठमाडौं- विभिन्न कुसमाजिक घटनाहरुका कारण देशमा आतंक मच्चिएको छ । हत्या हिंसा, बलात्कारजस्ता घटनाहरुलाई कम्युनिस्ट सरकारले नियन्त्रण गर्न नसक्दा यस्तो हुन थालेको हो ।
यसबीच आज मात्रै महोत्तरीको बर्दिवास नगरपालिका १४ मा गोली चलेको छ । ६ वर्षीया बालिकाको बलात्कारपछि भएको हत्या भएपछि स्थानीयबासीले आक्रोशित हुँदै हत्याको विरोधमा प्रदर्श गरेका थिए ।
सोही क्रममा गोली चल्दा दुईजना घाइते भएका छन्। प्रहरीले भीड नियन्त्रणमा लिन गोली चलायो वा पीडित र आरोपित पक्षमध्ये कसले गोली चलायो भन्नेबारे विस्तृत विवरण आइसकेको छैन। तर गोली लागेर स्थानीय सञ्जय न्यौपाने र अर्का सर्वसाधरण घाइते भएका छन्।
अहिले पनि बर्दिबासमा प्रदर्शन रोकिएको छैन। महिलाहरुले शव बोकेर प्रदर्शन गरेका हुन्। शुभम् बस्तीबाट हराइरहेकी ६ वर्षीया बालिका गुलाव शाह खातुनकोहत्या गरिएको अवस्थामा शव फेला परेको थियो। हत्याको आरोपमा प्रहरीले गौशाला नगरपालिक(५ का २५ वर्षीय अरुण कुमार साहलाई पक्राउ गरिसकेको छ।
पक्राउ परेका साहले बालिकाको हत्या गरेको स्वीकारेका छन्। पक्राउ परेका शाहको घरमा स्थानीयवासीले आगो लगाइदिएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।