धादिङ्ग- जिल्लाको निलकण्ठ नगरपालिका वडा नं १३ खल्चेतमा गएराति २६ वर्षीय राजु परियारले एक पुरुषको हत्या गरेर टाउको झोलामा बोकेर बिहीवार राति १ बजे प्रहरी चौकीमा पुगेर आत्मसर्पण गरेका छन् ।
परियारले धादिङ्ग निलकण्ठ नगरपालिका वडा नं १३ बस्ने ६४ वर्षीय सोम गुरुङ्गको आपसी झगडामा हत्या गरेका हुन् ।
हत्यापछि मृतक गुरुङ्गको टाउको र खुर्पा समेत लिएर परियार जिल्ला प्रहरी कार्यालय धादिङमा आत्म समर्पण गरेको प्रहरीले बताएको हो ।
धादिङ्गमा हत्या गरी मृतकको टाउको र खुर्पा सहित प्रहरी समक्ष आत्म समर्पण गरेको पहिलो घटना हो । गम्भीर खालको घटना भएकोले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्थानिय चन्द्र गुरुङ्गको १३ औं पुण्य तिथिमा पित्री प्रसाद खाएर आउने क्रममा खल्चेतमा एक आपसमा जिस्कँदै जाँदा पारिवारीक कुरामा विवाद उत्पन्न भएको सो कुरालाई लिएर हत्या भएको हुन सक्ने प्राम्भिक अनुसन्धानमा देखिएको छ ।
केही दिन अघि पनि गुरुङ्ग र परियार विवाद भएको थियो । घटना परियारको घरबाट २ सय मिटर दुरीमा भएको थियो । मृतक गुरुङ्गको २ छोरा छन् भने श्रीमती बितिसकेका छन् । अभियुक्त राजु परियारका एक श्रीमती र ६ महिना छोरी छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।