सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

मादकपदार्थ सेवन गरेर युवाले गरे खुकुरीले हानेर महिलाको हत्या

मादकपदार्थ सेवन गरेर युवाले गरे खुकुरीले हानेर महिलाको हत्या

  • मिडिया डबली
  • शनिवार, भाद्र २७ २०७७

  • 5.8K
    SHARES

  • मादकपदार्थ सेवन गरेर युवाले गरे खुकुरीले हानेर महिलाको हत्या

    उदयपुर- उदयपुरको कटारी नगरपालिका–११ स्थित लखनथुम्का टोलमा शनिबार बिहान ९ बजेतिर ५० वर्षीया महिलाको हत्या भएको छ। सोही ठाउँका २५ वर्षीय युवकले खुकुरी प्रहार गरेर ती महिलाको हत्या गरेको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारी नगरपालिका–११ का २५ वर्षीय ईश्वर मगरले स्थानीयवासी ५० वर्षीया महिला डोरकुमारी राउतको खुकुरी प्रहार गरेर हत्या गरेका हुन्। मादकपदार्थ सेवन गरेका मगरले छिमेकी ५० वर्षीया महिलासँग विवाद भएपछि खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ।

    खुकुरी प्रहारबाट गम्भीर घाइते महिलाको उपचारका लागि कटारी अस्पताल लाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले बताए।

    महिलालाई खुकुरी प्रहार गरेर जंगलतिर भागेका मगरलाई प्रहरी टोलीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जिप्रकाले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, मंसिर २३ २०७७११:४७:४२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend