सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

१५ वर्षे युवक : ट्याक्टरले मान्छे किचेर फरार, घरफर्केपछि बालिकामाथि बलात्कार गर्न खोजी हत्या

१५ वर्षे युवक : ट्याक्टरले मान्छे किचेर फरार, घरफर्केपछि बालिकामाथि बलात्कार गर्न खोजी हत्या

  • मिडिया डबली
  • आइतवार, आश्विन ११ २०७७

  • 5.1K
    SHARES

  • १५ वर्षे युवक : ट्याक्टरले मान्छे किचेर फरार, घरफर्केपछि बालिकामाथि बलात्कार गर्न खोजी हत्या
    सांकेतिक तस्बिर

    काठमाडौं- सुनसरीको बराहक्षेत्र नगरपालिका– १ कटहरेकी १२ वर्षीया बालिका मिना राईको हत्या सोही ठाउँका १५ वर्षे युवकले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । । ट्याक्टरले मान्छे किचेर फरार भएका ती युवक केहि दिनअघि मात्रै गाउँमा देखिएका थिए ।

    गत, शुक्रबार राति घरमा धामी बसेको हेर्न मिना उनकी आमा बिमला र बुवा दशरथसँगै गएको र पछि निद्रा लागेपछि उनी घर फर्केकी थिइन् । सोहीबेला टर्चको ब्याट्रि किन्न भन्दै युवक मिनाको घरमा रहको पसलमा पुगेको र सोही बेला बलात्कार गर्न खोजेको तर प्रतिकार गर्दा आवेगमा हत्या गरेको खुलेको हो ।


    घटना लगत्तै  धरानस्थित सङ्घीय प्रहरी इकाई कार्यालयबाट ‘लैला’ नामको तालिमप्राप्त कुकुर मगाई अनुसन्धान भएको थियो।  लैला घटनास्थलदेखि रञ्जितको घरसम्म पुगेको थियो। मिना र रञ्जितको घर करिब ७० मिटरको अन्तरमा छ। नाताले भने दुवै जना मामा–भान्जी हुन्। रञ्जित राईसहित ८ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान भइरहेको र चाँडै हत्यारा सार्वजनिक हुने प्रहरीले जनाएको छ ।

    उनका अनुसार मिनाको हत्यामा राईको संलग्नता पुष्टि भइसकेको छ भने बाँकी ७ जनाको अनुसन्धान भइरहेको छ। पक्राउ परेका रञ्जितले मिनाको हत्या आफूले गरेको प्रहरी समक्ष स्वीकार गरिसकेका छन्। हत्या हुनु केही घण्टा अघि रञ्जित र बाँकी ७ जना युवासँगै रहेको अनुसन्धानले देखाएकाे छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, मंसिर २३ २०७७११:४७:४२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend