आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

खरबारीमा लागेको आगो निभाउने क्रममा प्रेमबहादुरको मृत्यु

खरबारीमा लागेको आगो निभाउने क्रममा प्रेमबहादुरको मृत्यु

  • मिडिया डबली डेक्स
  • शनिवार, चैत्र १ २०८१

  • 1.1K
    SHARES

  • खरबारीमा लागेको आगो निभाउने क्रममा प्रेमबहादुरको मृत्यु

    सल्यान । सल्यानमा खरबारीमा आगलागी हुँदा जलेर एक जनाको ज्यान गएको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ तिमिलेचौरमा खरबारीमा लागेको आगो निभाउने क्रममा ६५ वर्षीय प्रेमबहादुर बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

    श्रीमान् र श्रीमती घाँस काट्न गएको बेला खरबारीमा आगलागी भएको थियो । आगो निभाउने क्रममा बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो ।

    यसैबीच सल्यानको कपुरकोट गाउँपालिका–६ रातामाटामा आगलागी हुँदा झन्डै चार लाख रुपैयाँ बराबरको क्षति भएको छ । देवीराम बोहराको दुईतले कच्ची घरमा विद्युत् शर्ट भएर आगलागी भएको थियो । स्थानीयवासी र प्रहरीले घरमा लागेको आगो निभाएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, कार्तिक १० २०७७०४:०८:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend