आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

तत्काल बन्धक रिहा गर्न हमासलाई अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

तत्काल बन्धक रिहा गर्न हमासलाई अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

  • एजेन्सी
  • बिहिवार, फाल्गुण २२ २०८१

  • 669
    SHARES

  • तत्काल बन्धक रिहा गर्न हमासलाई अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा रहेका बन्धकहरूलाई रिहा गर्न प्यालेस्टिनी विद्रोही समूह हमासलाई अन्तिम चेतावनी दिनुभएको छ ।

    उहाँले इजरायललाई आवश्यक पर्ने सबै सहायता उपलब्ध गराउन अमेरिका तयार रहेको र आफूले भनेजस्तो नगरेमा हमासको कोही पनि सदस्य सुरक्षित नहुने भन्दै चेतावनी दिनुभएको हो ।

    ह्वाइट हाउसले बन्धकहरूको बारेमा हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गरेको केही घण्टापछि ट्रम्पले सामाजिक सञ्जालमार्फत हमासलाई चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।

    ह्वाइट हाउसकी प्रेश सचिव क्यारोलिन लेभिटले बन्धकहरूको रिहाइ सुनिश्चित गर्न अमेरिकाले हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गर्नुभएको हो ।

    आतंकवादी सङ्गठनको रूपमा सूचीबद्ध संस्थाहरूसँग प्रत्यक्ष सम्पर्क नराख्ने अमेरिकी नीति अनुसार अमेरिका अहिलेसम्म विद्रोही समूहसँग प्रत्यक्ष संलग्न भएको छैन । तर पछिल्लो समय अमेरिकाले हमासलाई बन्धक रिहा नगरे ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी दिइरहेको छ ।

    उहाँले बन्धकहरुलाई तत्काल रिहा गर्न र हत्या गरिएका मानिसको सबै शव तुरुन्तै फिर्ता गर्न हमासलाई आग्रह गर्नुभएको छ ।

    ट्रम्पले गाजामा इजरायल र हमासबीचको पहिलो चरणको युद्धविराम अन्तर्गत रिहा भएका बन्धकहरूको समूहसँग भेट गरेपछि उहाँको धम्कीपूर्ण प्रतिक्रिया आएको हो ।

    ट्रम्पले यसअघि गएको डिसेम्बरमा पनि ट्रम्पले आफूले पदभार ग्रहण गर्ने समयसम्म बन्धकहरूलाई रिहा गरिएन भने राम्रो नहुने भन्दै धम्की दिनुभएको थियो । अमेरिका, इजिप्ट र कतारले गाजामा इजरायल र हमासबीच युद्धविराम मध्यस्थता गर्ने वार्तामा प्रमुख भूमिका खेलेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर ७ २०७७०८:१२:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend