काठमाडौं - अमेरिकामा विगतमा नोभेम्बर ४ मै राष्ट्रपतिको विजेताको छिनोफानो हुन्थ्यो । तर, यसपटक भने त्यस्तो भएन ।
कोरोना महामारीका कारण अझै सात राज्यको मत परिणाम आउन बाँकी छ । अहिलेसम्मको परिणामअनुसार डेमोक्रेटिक पार्टीका जो बाइडेन २६४ इलेक्टोरल मतसहित अगाडि छन् ।
वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा २१४ इलेक्टोरल कलेज मत छ । बाँकी राज्यमा बाइडेन र ट्रम्पले बराबरी लिड गरेका छन् । अहिलेकै अवस्थामा लिड गरेमा जो बाइडेन विजयी हुने निश्चित छ ।
सोही कारण मतगणनामा धाँधली भएको भन्दै ट्रम्पले बाइडेनले लिड गरेका तीन राज्यमा मतगणना रोक्न माग गर्दै अदालतमा रिट दर्ता गरेका छन् ।
सबैभन्दा आश्चर्यको कुरा बुधबारसम्म मतगणना हुँदा छिनछिनमा ट्रम्पले ट्विट गर्ने गर्थे । उनले धेरै ट्विटमा आफूले जित हासिल गरेको दाबीसमेत गर्दै आएका थिए । तर, विगत सात घन्टादेखि ट्रम्पले ट्विट गरेका छैनन् ।
अमेरिकामा यतिबेला मध्यरात भएको छ । मध्यरात भए पनि अमेरिकाको राष्ट्रपति चुनावबारे संसारभर चासो छ । अमेरिकामै नहुने कुरै भएन । तर, किन ट्रम्पले ट्विट गर्न छाडे भन्ने विषय अहिले अर्थपूर्ण मानिएको छ । कतै अब हार स्वीकार्ने मनस्थितिमा ट्रम्प त छैनन् भन्ने अनुमान गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।