आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अमेरिकाबाट निष्कासित १० नेपाली लिएर अमेरिकी चार्टर विमान काठमाण्डौ आउँदै

अमेरिकाबाट निष्कासित १० नेपाली लिएर अमेरिकी चार्टर विमान काठमाण्डौ आउँदै

  • मिडिया डबली डेक्स
  • बुधवार, फाल्गुण २१ २०८१

  • 1.1K
    SHARES

  • अमेरिकाबाट निष्कासित १० नेपाली लिएर अमेरिकी चार्टर विमान काठमाण्डौ आउँदै

    काठमाण्डौ । अमेरिकी राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले दोस्रो पटक कार्यभार सम्हालेपछि निष्कासित भएका नेपालीमध्ये १० जनालाई लिएर अमेरिकी चार्टर जहाज आज काठमाण्डौ आउँदैछ।

    अमेरिकी चार्टर जहाज आज बिहान १० बजे काठमाण्डौ आउन लागेको हो । अमेरिकाबाट नेपाल फर्काइएकामाथि अवैध प्रवेश, गैरकानूनी रूपमा बसोबास र अध्यागमन कानून विपरीत काम गरेको आरोप लगाइएको छ ।

    ट्रम्पको कार्यकारी आदेशपछि यसअघि नै २७ नेपालीलाई अमेरिकाबाट निकाला गरिसकिएको छ । यसअघि जनवरीमा ६, फेब्रुअरीमा २० र मार्चमा एक जना नेपाली फर्काइएका थिए । तीमध्ये तीन जना नेपालीलाई पानामा डिपोर्ट गरिएको थियो, तर उनीहरूलाई पानामा पुर्‍याउनुको कारण खुल्न सकेको छैन ।

    आज काठमाण्डौ आउने चार्टर जहाज भोलि दिउँसो ३ बजे अल्बानिया हुँदै अमेरिका फर्कने तालिका छ ।

    अमेरिकाले पहिलो चरणमा विभिन्न देशका १४ लाख ४५ हजार ५ सय ४९ जना आधिकारिक कागजातविहीन आप्रवासीलाई देश निकाला गरिने जनाएको छ । यो सूचीमा एक हजार तीन सय ६५ जना नेपाली रहेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण २८ २०७९०१:४९:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend