काठमाडौं–बेलायतको ग्रेट वेस्टर्न रेलवे सेवाले नेपालीको नामबाट रेल रेवाको नामकरण गर्ने भएको छ। भिक्टोरिया क्रस विजेता स्वर्गीय तुलबहादुर पुनको सम्मानमा रेल सेवाको नामकरण गर्ने घोषणा रेलवे सेवाले गरेको हो।
बेलायतको पश्चिमी क्षेत्रमा रेलवे सेवा सञ्चालन गर्ने सो रेलवेले विभिन्न सहर जोड्ने एक सेवालाई भिसी पुनको नाममा नामकरण गर्ने घोषणा गरेको हो।
दोस्रो विश्वयुद्ध समाप्त भएको ७५ वर्ष पुगेको अवसरमा सो नामकरण गर्न लागिएको ग्रेट वेस्टर्न रेलवेले बताएको छ। दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रस पाउँदा भिसी पुन २१ वर्षका मात्र थिए।
सन् १९४४ मा दोस्रो विश्वयुद्धअन्तर्गत बर्माको एक रेलवे पुलमा भएको युद्धमा बहादुरी र साहस प्रदर्शन गरेबापत उनलाई सो पदकले सम्मान गरिएको थियो।
भिक्टोरिया क्रस विजेता पुनको मृत्यु ९ वर्षअघि ८८ वर्षको उमेरमा नेपालको म्याग्दीस्थित आफ्नै पुर्ख्यौली घरमा भएको थियो।बेलायतमा हालसम्म १३ गोरखा सैनिकले भिक्टोरिया क्रस पाएका छन्।
गोरखा सैनिकले पूर्वी क्षेत्रको लडाइँमा महत्वपूर्ण भूमिका निर्वाह गरेको र बर्मामा मात्र सातवटा भिक्टोरिया क्रस पाएको कुरा गोरखा वेलफेयर ट्रस्टका आडम बेन्थामले बताए। तीमध्ये भिसी तुलबहादुर पुन एक हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।