काठमाडौं- ४ बर्षअघि एक नेपाली नागरिककै हत्या गरेको अभियोग खेपिरहेका नेपाली नागरिकलाई नै मलेसियाको एक उच्च अदालतले मृ’त्युदण्डको फैसला गरेको छ ।
अदालतले ३६ वर्षीय सुरजदेव शाहलाई दोसी ठहर गर्दै उच्च अदालतका न्यायाधीश दातुक मोहम्मद रज्जी हारुनले मृ’त्युदण्डको फैसला सुनाएका हुन् ।
शाहलाई लेसियन पिनल कोडको दफा ३०२ अन्तर्गत मृत्युदण्ड सुनाइएको बताइएको छ । शाहले २०१६, डिसेम्वर २ को बिहान १ः३० देखि ४ बजेर ५ मिनेटको समयमा एक ३४ वर्षीय नेपाली नागरिकको ज्यान लिएका थिए । जो लरीका चालक रहेको बताइएको छ । उनको नाम हरिथास रहेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।