आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कप्तान रोहितको कीर्तिमानी अर्धशतकमा नेपालले युएईलाई दियो २४९ रनको लक्ष्य

कप्तान रोहितको कीर्तिमानी अर्धशतकमा नेपालले युएईलाई दियो २४९ रनको लक्ष्य

  • मिडिया डबली
  • आइतवार, फाल्गुण २८ २०७९

  • 2.3K
    SHARES

  • कप्तान रोहितको कीर्तिमानी अर्धशतकमा नेपालले युएईलाई दियो २४९ रनको लक्ष्य

    काठमाडौं - आईसीसी विश्वकप लिग २ अन्तर्गत राजधानीमा जारी त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखलामा यूएई विरुद्धको खेलमा नेपालले जितका लागि यूएईलाई २४९ रनको चुनौती दिएको छ ।

    त्रिभुवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.२ ओभरमा अलआउट हुँदै २४८ रन बनायो । कप्तान रोहितकुमार पौडेलले अर्धशतक पूरा गरे । उनले कप्तानी इनिङ्स खेल्ने क्रममा ११२ बलमा ७७ रन बनाए ।

    २२ रन जोड्दा शुरुआती ३ विकेट गुमाएको नेपालका लागि रोहितले कप्तानी इनिङ्स खेलेका हुन् । उनले नेपालका लागि ४२ एक दिवसीय अन्तर्राष्ट्रियमा आठौं अर्धशतक बनाएका हुन् । रोहितको नाममा एउटा शतकसमेत रहेको छ ।

    त्यसैगरी नेपालका लागि आरिफ शेखले ४३, गुलशन झाले ३२ बलमा ३७ तथा दिपेन्द्र सिंह ऐरीले १९ बलमा ३४ रन बनाए । भीम सार्कीले २९ रन बनाए । त्यसबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो स्कोर बनाउन सकेनन् ।

    यूएईका चार खेलाडीले २–२ तथा दुई खेलाडीले १–१ विकेट लिए । आजको खेलमा करण केसी र ज्ञानेन्द्र मल्ल टिमबाट बाहिरिँदा स्पिनर ललितनारायण राजवंशी र अलराउण्डर गुलशन झा टिममा समावेश भएका छन् ।

    नेपालले एक दिवसीय मान्यतालाई कायम राख्न आजको खेल जिते पुग्नेछ । यो खेल हारे यूएईको एक दिवसीय मान्यता सन्कटोन्मुख हुनेछ । नेपालले यूएईलाई पछिल्लो भिडन्तमा ४२ रनले हराएको थियो ।

    तर त्यसअघिको खेलमा ६८ रनले पराजित भएको थियो । त्यसअघिका दुई खेल भने नेपालले नै जितेको थियो । नेपाल खेल्न बाँकी तीन वटै खेल जितेर सिधै विश्वकप छनोट खेल्न चाहन्छ भने यूएई विश्वकपमा सिधै छनोटको सम्भावनाबाट बाहिरिइसकेको छ ।

    यसअघिको खेलमा नेपालले त्रिकोणात्मक श्रृंखलाको अर्को राष्ट्र पपुवा न्युगिनी पीएनजीलाई हराएको थियो भने यूएई पीएनजीसँग पराजित भएको थियो । यसबाट पनि नेपालको मनोबल उच्च छ भने यूएई निकै दबाबमा छ ।

    अर्कातर्फ घरेलु मैदानमा खेलिरहेको नेपाललाई १२ औं खेलाडी मानिने दर्शकको समर्थन छ भने यूएई यो मामलामा कमजोर छ । नेपाल निरन्तर सफलतालाई अझ अगाडि बढाउने क्रममा आजको खेल जित्नैपर्ने दबाबमासमेत छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २१ २०८१०७:३४:२७

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend