आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै ट्रम्प

कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै ट्रम्प

  • एजेन्सी
  • बुधवार, फाल्गुण २१ २०८१

  • 1.1K
    SHARES

  • कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज संसद भवनमा कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै हुनुहुन्छ । गएको जनवरीमा पदभार ग्रहण गरेपछि ट्रम्पले पहिलो पटक कंग्रेसलाई सम्बोधन गर्न लाग्नुभएको हो ।

    ट्रम्पले युक्रेनलाई सैन्य सहायता रोक्न आदेश दिएको र क्यानडा, मेक्सिको र चीनबाट अमेरिका प्रवेश गर्ने सामानहरूमा कर वृद्धिको घोषणा गरेको २४ घण्टाभन्दा कम समयमा उहाँको सम्बोधन हुन लागेको बीबीसीले जनाएको छ ।

    राष्ट्रपतिको साथमा ह्वाइट हाउसका प्रवक्ता माइक जोनसन र उपराष्ट्रपति जेडी भान्स पनि हुनुहुने खबरमा उल्लेख छ । भान्स सिनेटको औपचारिक नेताको रूपमा दोहोरो भूमिकामा हुनुहुन्छ ।

    कार्यक्रममा प्रतिनिधिसभा र सिनेट दुवैका डेमोक्रेटिक र रिपब्लिकन सांसदहरू उपस्थित हुनेछन् ।  यद्यपि डेमोक्याटहरूको समूहले कार्यक्रम बहिष्कार गर्ने बताएका छन् ।

    पदभार ग्रहण गरेदेखि नै ट्रम्पले एकतर्फी रूपमा सङ्घीय निकायहरू विघटन गर्ने, हजारौँ सरकारी कर्मचारीहरूलाई बर्खास्त गर्ने, रुसको समर्थनमा युक्रेनी समकक्षीको आलोचना गर्नेलगायतका विवादास्पद क्रियाकलाप गर्दै आउनुभएको डेमोक्याटहरूको आरोप छ । ट्रम्पका सल्लाहकार एलोन मस्क  पनि दर्शकका रुपमा संसद भवनमा उपस्थित हुने अपेक्षा गरिएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर ७ २०७७०८:१२:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend