सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

यौन प्रस्ताव अस्विकार गर्दा हत्या

यौन प्रस्ताव अस्विकार गर्दा हत्या

  • मिडिया डबली डेक्स
  • सोमवार, फाल्गुण १९ २०८१

  • 861
    SHARES

  • यौन प्रस्ताव अस्विकार गर्दा हत्या

    बुटवल । रुपन्देहीको सियारी गाउँपालिका-२ भगदरी स्थित बेथरी सडकखण्डमा मृत भेटिएकी महिलाको हत्या आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । ति महिलाई यौन प्रस्ताव अस्विकार गरेपछि ढुङ्गाले थिचेर निर्ममतापूर्वक हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

    पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १२ का अजय भनिने ४२ वर्षीय अमिरिका थारू रहेका छन् । उनलाई प्रहरीले फागुन १६ गते पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । दाङको लमही नगरपालिका वडा नं ७ की संगिता चौधरीलाई आरोपित अमिरिकाले प्रेम प्रस्ताव राख्नुका साथै यौन प्रस्ताव राख्दा अस्विकार भएपछि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

    फागुन ८ गते अमिरिकाले संगिताको हत्या गरी फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले उनीहरू दुवै जना मजदुरी काम सकेर एक होटलमा बसेको र त्यसपछि माया प्रेमका कुरा भएपछि ती महिलाले अस्वीकार गरेपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानमा आंकलन गरिएको बताए । अमिरिका ती महिलाको हत्या भएको नौ दिनपछि पक्राउ परेका छन्।

    बुटवल उपमहानगरपालिका ९ वडा नं ११ कालिकापथमा साथीहरूसँग बसेर ज्याला मजदुरी गर्दै आएकी संगीता चौधरीको शव गत फागुन ८ गते रुपन्देहीको सियारीस्थित बेथरी सडकखण्डको किनारमा फेला परेको थियो। उनको टाउको र अनुहारमा ढुंगा प्रहार गरी नचिनिने गरी हानेको अवस्थामा सडक किनारमा परालको थुप्रोले ढाकेको अवस्थामा शव भेटिएको थियो।

    डिएसपी कार्कीका अनुसार संगीता सम्बन्ध बिच्छेद गरेर बसेको र अमिरिका पनि परिवारमा तनाव भएर बसेका व्यक्ति हुन् । ‘घटनाको दिन दुवै जना काम सकेर बुटवलको बीएन बी खाजा घरमा बसेको, साइकलमा त्यहाँबाट हिँडेको खुलेको छ, दुवै मादक पदार्थ सेवन गरेका रहेछन्, महिला पनि सम्बन्ध विच्छेद भएको, पुरुषको पनि परिवारमा समस्या रहेको भेटियो’ कार्कीले भने–‘घटनाको अन्तिम अनुसन्धान गरिरहेका छौँ ।’

    प्रहरीका अनुसार मृतक चौधरी र पक्राउ परेका थारू दुवै जना सँगै मजदुरी गर्थे। घटना भएको दिन दुवै जनाले मादक पदार्थ सेवन गरेको र अमिरिकाले संगितालाई यौन प्रस्ताव राखेका थिए। अनुसन्धानमा यौन प्रस्ताव अस्वीकार गर्दा ढुंगाले हानेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, मंसिर ९ २०७७०३:०१:०८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend