सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

‘स्वास्नी पाउन नसकेको थारो’ भनेपछि काका काकीको हत्या

‘स्वास्नी पाउन नसकेको थारो’ भनेपछि काका काकीको हत्या

  • मिडिया डबली डेक्स
  • सोमवार, फाल्गुण १२ २०८१

  • 1.8K
    SHARES

  • ‘स्वास्नी पाउन नसकेको थारो’ भनेपछि काका काकीको हत्या

    काठमाडौं । प्युठानको माण्डवी गाउँपालिका २, रातापानीमा ६० वर्षीय रामबहादुर परियार र उनकी पत्नी ५६ वर्षीया हुकुमा परियारको हत्या प्रकरणमा ३४ वर्षीय पङ्कज परियारलाई प्रहरीले पक्राउ गरेको छ। पङ्कजले आफ्नै काका र काकीको हत्या गरेको पुष्टि भएको छ।

    घटनाको जानकारीपछि, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायव उपरीक्षक दीपेश बस्यालको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। डिएसपी बस्यालका अनुसार  रिसको झोँकमा घन प्रहार गरी आफ्ना काका र काकीको हत्या गरेको पङ्कजले प्रहरीलाई बयान दिएका छन्।

    युवकले हत्या गरेको स्वीकारेको भन्दै, डिएसपी बस्यालले भने,  ‘प्रहरीसँग सोधपुछका क्रममा पङ्कजले, सधैँ गाली गर्थे, हेप्थे, थारो भन्थे, सहन सकिनँ घनले हानेँ।’ भनेर प्रहरीले बताएको बस्यालले बताए। 

    एक हप्ताअघि रामबहादुरले पङ्कजलाई ‘स्वास्नी पाउन नसकेको थारो’ भन्दै गाली गरेका थिए। यस घटनाले पङ्कजको मनमा घृणा र आक्रोश सिर्जना गरेको थियो। शनिबार राति रक्सी सेवन गरी, पङ्कजले घरको दोस्रो तलाबाट प्रवेश गरेका थिए। सुतिरहेका दम्पतीलाई देखेपछि उनले घन उठाएर तीन- तीनपटक टाउकोमा प्रहार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। 

    प्रहरीले  घटनास्थलबाट ५० मिटर परको बारीबाट रगतले लतपतिएको घन र  मृतकहरूको रगत पुछेको व्लाङ्केट बरामद गरेको छ। 

    डिएसपी  बस्यालले हत्याको सूचना दिने  पहिलो व्यक्ति नै पङ्कज भएको पनि बताए। जसले हामीलाई सबैभन्दा पहिला सूचना दियो त्यही व्यक्तिले हत्या गरेको खुलेको बस्यालको भनाइ छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, मंसिर ९ २०७७०३:०१:०८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend