सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कुम्भमेलाबाट फर्कंदै गरेका नेपाली चढेको जीप दुर्घटना

कुम्भमेलाबाट फर्कंदै गरेका नेपाली चढेको जीप दुर्घटना

  • मिडिया डबली डेक्स
  • शनिवार, फाल्गुण १० २०८१

  • 870
    SHARES

  • कुम्भमेलाबाट फर्कंदै गरेका नेपाली चढेको जीप दुर्घटना
    फाइल तस्बिर

    काठमण्डौ । भारतको प्रयागराजमा महाकुम्भ स्नान गरी फर्किंदै गरेका चार जना नेपालीको जीप दुर्घटनामा ज्यान गएको छ । भारतको उत्तर प्रदेश राज्यअन्तर्गत गोरखपुरमा जीप ट्याक्टरसँग ठोक्किंदा सप्तरीका तीन जना र सुनसरीका एक जनाको ज्यान गएको हो ।

    ज्यान गुमाउनेमा सप्तरीको कञ्चनरुप नगरपालिका–७ का ६३ वर्षीय पर्शुराम चौधरी, ६२ वर्षीया लीलाबती देवी चौधरी र कञ्चनरुप–५ की ५५ वर्षीया हरिहरदेवी यादव रहेका कञ्चनरुप–७ का वडाध्यक्ष श्यामानन्द चौधरीले जानकारी दिनुभयो ।

    यस्तै सुनसरीको कोशी गाउँपालिका–२ की ६० वर्षीया सन्तोलियादेवी यादवको पनि ज्यान गएको छ । चारै जनाको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा सात जना घाइते भएका छन् ।   

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ १७ २०८१०१:२३:४२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend