काठमाण्डौ । ओखलढुंगामा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । खोटाङबाट बिरामी बोकेर काठमाण्डौका लागि छुटेको ना १ ज ६४२१ नम्बरको जीप ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको भँडारे खोलामा दुर्घटना हुँदा आमाछोरासहित तीन जनाको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा ५६ वर्षीया मायादेवी गुरुङ, उहाँका छोरा २८ वर्षक पूजन गुरुङ तथा आफन्त ४५ वर्षकी तारा गुरुङ रहेका छन् । चालक सुनसरीको इनरुवाका अनिल पण्डित फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीयले आज बिहान जीप खसेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । जीप बिहान दुर्घटनामा परेको हो वा गएराति नै खसेको हो भन्ने खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।