आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ढुङ्गाले लागेर मजदुरको मृत्यु

ढुङ्गाले लागेर मजदुरको मृत्यु

  • मिडिया डबली डेक्स
  • सोमवार, फाल्गुण ५ २०८१

  • 612
    SHARES

  • ढुङ्गाले लागेर मजदुरको मृत्यु

    संखुवासभा । धर्मदेवी नगरपालिका–२, तामाफोकमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक मर्मतको   क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर एक मजदुरको मृत्यु भएको छ।

    धर्मदेवी–२, तामाफोकमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक मर्मतको क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर  ३५ वर्षीय खड्ग बहादुर लिङ्खाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए। 

    आइतबार बेलुकी साढे ४ बजे प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गतको भित्री सडक खण्डमा ढुङ्गा फुटाउने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर ३५ वर्षीय मजदुर लिङ्खाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।  

    उक्त सडक खण्डको कडा चट्टान फोर्ने क्रममा खसेको ढुङ्गाले लागेर उनको मृत्यु भएको  हो। उनका अनुसार शवको पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य चौकी चैनपुर लउाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

    घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक देउप्रसाद लिम्बुको टोली खटिएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, कार्तिक १० २०७७०४:०८:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend