काठमाण्डौ । काठमाण्डौको कमलपोखरीमा रहेको शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा घाइते भएकामध्ये थप एक जनाको उपचारका क्रममा ज्यान गएको छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार आज दिउँसो उदयपुरको उदयपुरगढी गाउँपालिका–७ घर भइ काठमाण्डौ महानगरपालिका–२८ बस्दै आएका २२ वर्षीय प्रदीप तामाङको ज्यान गएको हो ।
विस्फोटमा ११ जना घाइते भएकोमा यसअघि दुई जनाको ज्यान गएको थियो । अरू घाइतेको कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचार भइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।