आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

  • मिडिया डबली डेक्स
  • बुधवार, माघ ३० २०८१

  • 1.4K
    SHARES

  • विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

    काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–५ साँखु नजिकमा स्कुलका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। 

    शंखरापुरस्थित नगरकोटबाट साँखु आउने क्रममा  कात्तिके भन्ने स्थानमा ब्रेक फेल भएर बस दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए। 

    नगरकोटमा पिकनिक खाएर आउँदै गरेको बा २ ख ७९५८ नम्बरको स्कुलका विद्यार्थी बोकेका बस दुर्घटनामा परेको हो। दुर्घटनामा ४० जना घाइते भएका पनि उनले जानकारी दिए। उनीहरुको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।  

    उक्त बस नगरकोट पिकनिक गएर फर्केको हो । चाबहिलस्थित मैजुबहालमा रहेको सत्यसाई (एसएस) स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, कार्तिक १० २०७७०४:०८:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend