मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

अनलाइन जुवा खेलाउने २३ जना पक्राउ

अनलाइन जुवा खेलाउने २३ जना पक्राउ

  • मिडिया डबली डेक्स
  • सोमवार, माघ २८ २०८१

  • 750
    SHARES

  • अनलाइन जुवा खेलाउने २३ जना पक्राउ
    फाइल तस्वीर

    काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठबाट अनलाइन जुवा खेलाउने अखडामा प्रहरीले छापामारी २३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

    गएराति गरेको 'सर्च' अभियानका क्रममा बूढानीलकण्ठ नगरपालिका–३ स्थित एक घर भाडामा लिएर उनीहरूले अनलाइन जुवा खेलाउने गरेको पाइएको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले उनीहरूको साथबाट ८८ वटा मोबाइल, १० वटा ल्यापटप र ८१ हजार नगद बरामद गरिएको थाहाखबरलाई जानकारी दिए। 

    उनीहरूलाई आज विहानसम्म छापा मारेर पक्राउ गरिएको बताउँदै बोहराले अहिले अनुसन्धानकै क्रममा रहेको र डिभाइस परीक्षण हुन बाँकी भएकाले यकिन कुरा खुलिनसकेको बताए।

    उनीहरूमाथि सट्टेबाजी कसुरमा म्याद थपको तयारी गरिएको छ। 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आश्विन १२ २०७७१०:०२:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend