झापा । झापाको एक होटलमा एक युवा मृत फेला परेका छन्। युवती लिएर बिर्तामोडको एभरेष्ट होटलमा बसेका हल्दीबारीका सागर बेस्राको मृत्यु भएको छ।
बेस्राको मृत्यु भएपछि प्रहरीले मृतकको ती युवती र होटल सञ्चालकलाई नियन्त्रणमा लिएको छ। बिर्तामोड–४ को एभरेस्ट होटल एण्ड लजमा हल्दीवारी–१ गोलधापका ३० बर्षीय बेस्रा र उनको केटी साथी सुनसरीको धरान–१५ घर भइ हाल झापा बसोबास गर्दै आएकी एक युवती सो होटलमा बसेका थिए।
राती खाना खाएर सुतेको समयमा बेस्रा कोठा भित्र बाथरुमको ढोकाको छेउ भुइँमा लडी बेहोस भएको प्रहरीले जनाएको छ।बेस्रालाई तत्काल ती युवती र होटल सञ्चालकले उपचारका लागि अस्पताल पुर्याएका थिए। चिकित्सकले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो।
बेस्राको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय अनारमनीले होटल सञ्चालक यामकुमारी उप्रेती र ती युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।