काठमाण्डौ । अघिल्लो शनिवार मृत फेला परेका अछामको ढकारी गाउँपालिका–१ का १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको प्रहरीको अनुसन्धानपछि पुष्टि भएको छ । घटना प्रेम प्रस्ताव अस्वीकार गर्दा घटेको प्रहरीको निष्कर्ष छ ।
गएको शुक्रवार गोठालो गएका इशरा र सरस्वतीको हत्यामा अनुसन्धानका लागि पक्राउ परेकामध्ये दुई किशोरले घटनाको स्वीकार गरेका आज पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताउनुभयो । उनीहरू १५ र १७ वर्षका रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय अछाम प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले गरेको अनुसन्धानका क्रममा दुई जना किशाेरीकाे हत्या भएको खुलेको हो ।
अघिल्लो शुक्रवार बाख्रा चराउनका गएका दुई जना किशोरी अर्को दिन शनिवार शरीरमा ढुङ्गाले थिचेको अवस्थामा मृत फेला परेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।