सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

अविवाहित देखिन दुई छोरीको घाँटी थिचेर हत्या

अविवाहित देखिन दुई छोरीको घाँटी थिचेर हत्या

  • मिडिया डबली डेक्स
  • बुधवार, माघ ९ २०८१

  • 837
    SHARES

  • अविवाहित देखिन दुई छोरीको घाँटी थिचेर हत्या

    काठमाण्डौ । सल्यानको वनगाड कुपिन्डे नगरपालिका ११ की २६ वर्षीया पूर्णिमा राना मगरले पुस २४ गते आफ्ना दुई छोरीको हत्या गरेकी थिइन्। उनले घरभित्रै आफ्ना ३ वर्ष र ६ महिनाकी छोरीहरूको घाँटी थिचेर हत्या गरेकी थिइन्।

    सल्यानका प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेका अनुसार पूर्णिमा एक युवकसँग प्रेम सम्बन्धमा थिइन्। उनले प्रेमीलाई आफू अविवाहित रहेको बताएकी थिइनन्। प्रेमीसँगै बिहे गर्ने उनको योजना थियो। आफ्नो बिहे र छोरीहरू पनि भएको भन्नेबारे प्रेमीले थाहा नपाऊन भनेर पूर्णिमाले हत्या गरेको खुलेको हो।

    ‘अनुसन्धानबाट पूर्णिमा विगत ६ महिनादेखि एक युवकसँग प्रेम सम्बन्धमा रहेको खुलेको छ। उनीहरूको चिनजान सामाजिक सञ्जालमार्फत भएको थियो,’ डिएसपी न्यौपानेले भने।

    पूर्णिमाका श्रीमान टेकबहादुर ज्याला-मजदुरीका लागि बाहिर गइरहन्थे। घरमा पूर्णिमा र दुई छोरी मात्र हुन्थे। पूर्णिमाले दुई छोरीको हत्या गर्ने समयमा पनि टेकबहादुर मजदुरीका लागि नुवाकोट गएका थिए। हत्याको खबर पाएपछि मात्रै उनी घर फर्किएका थिए।

    प्रहरीका अनुसार पूर्णिमाको सल्यान शारदा नगरपालिकाकै तर भारतमा बस्ने युवकसँग प्रेम सम्बन्ध थियो। अविवाहित ती युवकलाई पूर्णिमाले आफ्नो बिहे भएकोबारे खुलाएकी थिइनन्। उनीहरू प्रत्यक्ष भेट पनि भएको थिएन। तर उनीहरूले बिहे गर्ने योजना बनाएका थिए।

    सामाजिक सञ्जालमा उनीहरूबीच दिनहुँ जसो भिडिओ कुरा हुन्थ्यो। दुई साना छोरीहरू भिडिओमा युवकले देखेका थिए। को हुन् भनेर सोध्दा पूर्णिमाले दिदीका छोरी भनेर ढाँटेकी थिइन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, मंसिर ९ २०७७०३:०१:०८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend