बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

एचपीभी खोप अभियान सफल बनाउन स्वास्थ्यकर्मीलाई प्रशिक्षण

एचपीभी खोप अभियान सफल बनाउन स्वास्थ्यकर्मीलाई प्रशिक्षण

  • मिडिया डबली डेक्स
  • बुधवार, माघ ९ २०८१

  • 666
    SHARES

  • एचपीभी खोप अभियान सफल बनाउन स्वास्थ्यकर्मीलाई प्रशिक्षण

    काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २२ गतेदेखि देशव्यापी रूपमा सञ्चालन गर्ने 'ह्युमन पापिलोमा भाइरस' (एचपीभी) खोप अभियान–२०८१ का लागि विभिन्न जिल्लामा तयारी भइरहेको छ ।

    पाठेघरको मुखमा लाग्ने क्यान्सर उन्मूलन गर्न एचपीभी खोप लगाइने मन्त्रालयले जनाएको छ । केही जिल्लामा खोप लगाउन योग्य छात्राको सङ्ख्या निर्धारण भइरहेको छ भने केही जिल्लामा खोप दिने स्वास्थ्यकर्मीलाई प्रशिक्षण कार्यक्रम भइरहेको छ ।

    सिरहामा सिरहा नगरपालिका स्वास्थ्य शाखाको आयोजना एवम् जनस्वास्थ्य कार्यालय सिरहाको प्राविधिक सहयोगमा नगरभित्र खोप दिने स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिइएको छ ।

    त्यहाँ माघ २२ देखि २९ गतेसम्म नगरका ६० विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालयबाहिरका १० देखि १४ वर्षसम्मका साढे ७ हजार किशोरीलाई एचपीभी खोप लगाइने स्वास्थ्य शाखा प्रमुख मोहम्मद इद्रिस राइनले जानकारी दिनुभयो ।

    एचपीभी खोप अभियानका लागि नगरका २२ वटै वडाका ३२ जना स्वास्थ्यकर्मीलाई तालिम दिइएको र यसअघि २१ जना स्वास्थ्य संस्थाका प्रमुखहरूलाई तालिम दिइएको छ ।

    यसैबीच बाग्लुङमा ११ हजार ५ सय ५५ जना किशोरीलाई एचपीभी खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ । त्यहाँ माघ २२ देखि २८ गतेसम्म पहिलो चरणमा ६ पालिका र दोस्रो चरणमा ४ पालिकामा फागुन ३ गतेसम्म खोप लगाइनेछ ।

    यस्तै तनहुँका १४ हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ । सबै जिल्लामा हरेक विद्यालयमा खोप केन्द्र सञ्चालन गरी कक्षा ६ देखि १० सम्मका सबै छात्रा र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीलाई एचपीभी खोप प्रदान गरिनेछ ।

    विद्यालय नभएका गाउँ, टोल र पिछडिएका समुदायको पहुँचका लागि थप खोप केन्द्रबाट एचपीभी खोप अभियान सञ्चालन गरिने मन्त्रालयको तयारी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ ९ २०८११२:४६:२८

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend