बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

विपिन जोशीलाई फिर्ता ल्याउन पूर्ण प्रतिबद्ध रहेको इजरायलका राष्ट्रपतिको भनाइ

विपिन जोशीलाई फिर्ता ल्याउन पूर्ण प्रतिबद्ध रहेको इजरायलका राष्ट्रपतिको भनाइ

  • मिडिया डबली डेक्स
  • शुक्रवार, माघ ४ २०८१

  • 774
    SHARES

  • विपिन जोशीलाई फिर्ता ल्याउन पूर्ण प्रतिबद्ध रहेको इजरायलका राष्ट्रपतिको भनाइ

    काठमाण्डौ । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीलाई फिर्ता ल्याउन इजरायल पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ ।

    इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितको ओहोदाको प्रमाणपत्र बुझेपछि भएको शिष्टाचार भेटमा उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।

    इजरायलको तेल अभिभमा रहेको नेपाली दूतावासका अनुसार राष्ट्रपति हर्जोगले विशेष गरी इजरायल सरकार विपिनसँगै सबै बन्धकहरूलाई फिर्ता ल्याउन पूर्णरूपमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको हो । भेटमा राजदूत पण्डितले विपिनको रिहाइका लागि नेपाल सरकारले गर्दै आएको प्रयासका बारेमा जानकारी गराउनुभएको थियो ।

    इजरायल र प्यालेस्टाइनको हमास समूहबीच भएको युद्धविराम सम्झौताअनुसार पर्सि आइतवारदेखि दुवैको नियन्त्रणमा रहेका बन्दी छुट्दैछन् । सम्झौताअनुसार शुरुमा छुट्ने ३४ जनाको सूचीमा थपिएर नेपाली विद्यार्थी विपिन पनि मुक्त हुन सक्ने र आइतवार छुट्ने सूचीमा नपरे त्यसको १६औँ दिनमा जोशी छुट्ने सरकारको विश्वास छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ ४ २०८१०९:२२:०९

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend