बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

पात्लेखेतमा टाटा सुमो तोडफोड

पात्लेखेतमा टाटा सुमो तोडफोड

  • मिडिया डबली डेक्स
  • बिहिवार, पौष २५ २०८१

  • 1.4K
    SHARES

  • पात्लेखेतमा  टाटा सुमो  तोडफोड

    खोटाङ ।  दिक्तेलबाट काठमाडौं जाँदै गरेको टाटा सुमो काभ्रेको भकुण्डेबेंसीस्थित पात्लेखेतमा तोडफोड भएको छ। 

    बीपी राजमार्ग अन्तर्गत पात्लेखेतमा विपरीत दिशाबाट आउँदै गरेको निजी कारमा सवार व्यक्तिहरूले बाटो नछोडेको भन्दै तुवाचुङ मारातिका यातायात प्रालि खोटाङको ना १ ज ६१७२ नम्बरको टाटा सुमोमा ढुंगामुढा सहित तोडफोड गरेका हुन्।

    घटनापछि सार्वजनिक भएको भिडियो क्लिपका आधारमा यात्रु लिएर काठमाडौं जाँदै गरेको सुमो तोडफोड गर्ने नौ जनालाई अहिले पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए। 

    गत असोज १० र ११ गतेको अविरल वर्षाका कारण रोशीखोला आसपासमा गएको पहिरोले क्षतिग्रस्त बनेको उक्त सडकखण्ड अहिले साँघुरो छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष २५ २०८१११:०३:३९

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend