आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अदालती झमेला अमेरिकी राष्ट्रपति ट्रम्प

अदालती झमेला अमेरिकी राष्ट्रपति ट्रम्प

  • एजेन्सी
  • शनिवार, पौष २० २०८१

  • 648
    SHARES

  • अदालती झमेला अमेरिकी राष्ट्रपति ट्रम्प

    अमेरिकी राष्ट्रपति पदको शपथ लिनुभन्दा दुई हप्ताअघि डोनाल्ड ट्रम्पले फेरि एउटा अदालती प्रक्रिया झेल्नु पर्ने भएको छ। न्यूयोर्कको एक अदालतले ट्रम्पविरुद्ध ‘हश मनि’ मामिला अर्थात् आफूविरुद्ध नबोल्न पैसा दिएको एक मुद्दामा सजाय सुनाउने भएको हो। 

    १० जनवरीमा यो फैसला आउने छ। राष्ट्रपति निर्वाचित भइसकेकाले ट्रम्पविरुद्धको मुद्दामा जेल सजाय हुने सम्भावना भने न्यून छ। न्यायाधीश जुआन मर्चानले ट्रम्पविरुद्ध जरिवाना हुन सक्ने संकेत गरेका छन्। नवनिर्वाचित राष्ट्रपति ट्रम्प आफूविरुद्धको मुद्दामा फैसला सुनाउने क्रममा व्यक्तिगत रूपमा वा भिडियो कन्फ्रेन्सिङ मार्फत् अदालतमा उपस्थित हुने ठानिएको छ।

    यसअघि ट्रम्पले आफूविरुद्धको उक्त मुद्दा खारेज गर्न आफ्नो चुनावी जितलाई प्रयोग गर्ने प्रयास गरेका थिए। गत वर्षको मे महिनामा ट्रम्प एक पोर्न स्टार स्टोर्मी ड्यानियललाई चुप लाग्न पैसा दिएको अर्थात् हश मनीको मुद्दामा दोषी ठहर भएका थिए। तर उहाँविरुद्धको सजाय भने सुनाइएको थिएन। ट्रम्पले आगामी २० जनवरीमा अमेरिकी राष्ट्रपति पदको शपथ ग्रहण गर्नेछन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर ७ २०७७०८:१२:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend