बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

चिनमा भेटियो नयाँ भाइरस, नेपालमा पनि खतराको संकेत

चिनमा भेटियो नयाँ भाइरस, नेपालमा पनि खतराको संकेत

  • मिडिया डबली
  • शुक्रवार, पौष १९ २०८१

  • 1.8K
    SHARES

  • चिनमा भेटियो नयाँ भाइरस, नेपालमा पनि खतराको संकेत

    काठमाडौं । चिनमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको ५ बर्ष पछि फेरि नयाँ भाइरस फेला परेको छ । कोरोना भाइरस जस्तै लक्षण देखिएको नयाँ भाइरस फेला परेको हो । उक्त भाइरसलाई ह्युमन मेटान्यूमो भाइरसको नाम दिइएको छ । भाइरस कुन र कस्तो प्रजातिको हो भन्नेबारे अझै नखुलेको चिनिया सञ्चारमाध्यमहरुले जनाएका छन् । 

    ह्युमन मेटान्यूमो भाइरस १४ बर्ष मुनिका बालबालिका र ६५ बर्षमाथिका व्यक्तिहरुमा बढि मात्रामा देखा परेको चिनिया सञ्चारमाध्यमहरुमा उल्लेख गरिएको छ । भाइरसका कारण चिनका अधिकाशं प्रान्तहरुमा आपतकालको घोषणा समेत गरिएको बताइएको छ । 

    कोरोना भाइरस जस्तै लक्ष्यण देखिएको बताइएको उक्त भाइरसका बारेमा आधिकारीक तथ्याङ्क भने आइसकेको छैन् । चिनमा तिव्र रुपमा फैलिरहेको ह्युमन मेटान्यूमो भाइरसको जोखिम नेपालमा पनि हुनसक्ने आकलन गरिएको छ । भाइरस श्वास प्रश्वाससँग सम्बन्धित रहेको बताइएको छ ।

    चिनमा फैलिएको भाइरसबारे हामिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रका संक्रामक रोग विशेषज्ञ डाक्टर शेर बहादुर पुन सँग बुझ्दा उनले नेपाल पनि जोखिममा पर्न सक्ने बताएका छन । विगतमा कोरोना भाइरसको प्रकोपको उदाहरण दिँदै डाक्टर पुनले भाइरसको आधिकारिकता बाहिर नआएपनि यसबाट जोगिन सुझाएका हुन । 

    उनले चिसोबाट सर्ने सामान्य खालको भाइरस भए डराउनु नपर्ने बताउँदै कारोनाको म्यूटेशन अथवा नयाँ भाइरसको उत्पत्ति भएको भए खतार हुनसक्ने बताए । उनले भने “तत्काल यहि नै हो भन्ने अवस्था छैन । चिसो मौसममा देखिने भाइरस भए खासै डराउनु पर्दैन तर भाइरसको प्रकृती फरक भएको खण्डमा उच्च सर्तकता अपनाउनु पर्छ ।”

    डाक्टर पुनले चिनसँग नेपालको प्रत्यक्ष सम्बन्ध रहेको बताउँदै सिमा क्षेत्रमा व्यापार गर्ने नागरिकहरु बढी सजग रहनुपर्ने जानकारी दिए । उनले भाइरसबारे सुइको पाएका हामीले कारोना भाइरससँग लड्न अपनाएका सुरक्षाका सामाग्रीहरु जस्तै माक्स लगाउने, समय समयमा साबुनपानीले हात धुने लगायतका कार्यहरु गर्नुपर्ने बताएका छन् ।   

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ २२ २०७७०८:५६:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend