आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

किमको चाहना- ट्रम्प अमेरिकाको राष्ट्रपति बन्नुपर्छ !

किमको चाहना- ट्रम्प अमेरिकाको राष्ट्रपति बन्नुपर्छ !

  • मिडिया डबली
  • शनिवार, श्रावण १९ २०८१

  • 1.5K
    SHARES

  • किमको चाहना- ट्रम्प अमेरिकाको राष्ट्रपति बन्नुपर्छ !

    काठमाडौँ - उत्तर कोरियाबाट भागेका एक वरिष्ठ अधिकारीले किम जोङ उन डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न चाहेको बताएका छन् ।

    रि इल क्यू सन् २०१६ यता उत्तर कोरियाबाट भाग्ने उच्च पदस्थ अधिकारी हुन् । रि इल क्यु सात पटक किम जोङ उनसँग आमनेसामने भइसकेका अधिकारी हुन् ।

    दक्षिण कोरिया भाग्नुअघि रि इल क्युबामा उत्तर कोरियाका लागि काम गर्दै थिए । री इल क्युले बीबीसीसँगको कुराकानीमा किम सामान्य व्यक्ति जस्तै देखिन्छन् तर आफ्नो बाँच्नको लागि उनले जे पनि गर्न सक्छ भन्नेमा कुनै शंका नरहेको बताएका छन् ।

    रि इल क्युले ट्रम्प र किम जोङ उनबीच २०१९ मा वार्ता सकिएपछि पनि उत्तर कोरियाले परमाणु कार्यक्रममा डोनाल्ड ट्रम्पसँग वार्ता गर्न सक्छ भन्ने महसुस गरेको बताएका छन् ।

    डोनाल्ड ट्रम्पले यसअघि नै किम जोङ उनसँगको सम्बन्धलाई आफ्नो राष्ट्रपतिको महत्वपूर्ण उपलब्धिको रुपमा व्याख्या गरिसकेका छन् । गत महिना एक र्‍यालीमा डोनाल्ड ट्रम्पले किमले आफूलाई राष्ट्रपति कार्यालयमा फेरि भेट्न चाहेको बताएका थिए । ट्रम्पले भनेका थिए, 'मलाई लाग्छ किम जोङ उनले मलाई याद गर्छन्।'

    रि इल क्युले उत्तर कोरियाले ट्रम्पसँगको राम्रो सम्बन्धको फाइदा उठाउन चाहेको बताएका छन् । तर, गत महिना उत्तर कोरियाले अमेरिकाको राष्ट्रपति को बन्ने भन्ने कुराले फरक नपर्ने बताएको थियो ।

    रीले उत्तर कोरियाले आफ्ना आणविक हतियारलाई कहिल्यै नष्ट नगर्ने बताएका छन् । बरु, उसले आफूमाथि लगाइएको प्रतिबन्ध हटाउने बदलामा आफ्नो आणविक कार्यक्रम रोक्ने सम्झौतामा पुग्ने प्रयास गर्नेछ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर ७ २०७७०८:१२:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend