काठमाडौं - सीजीले आईसीसी ट्वान्टी–२० विश्वकप २०२४ लाई लक्षित गर्दै ‘खेल नेपालीको, टीभी नेपालको’ अभियान सुरु गरेको छ ।
यस रोमाञ्चक अभियानअन्तर्गत ग्राहकहरूले कुनै पनि सीजी ब्रान्डको टेलिभिजन खरिद गर्दा आकर्षक क्यासब्याक तथा ६५ र ७५ इन्चको टीभी खरिदमा सीजीको २.१ स्पिकर प्राप्त गर्न सक्नेछन् ।
यस योजनाअन्तर्गत ग्राहकहरूले निःशुल्क डेलिभरी, निःशुल्क जडान, अन–द–स्पट पाँच ईएमआई, सीजी लोयल्टी क्लब रिवार्ड र सीजी इलेक्समार्फत आफ्नो सामानको मूल्यांकन आफैँ गरी एक्सचेन्ज गर्न सक्नेछन् । सीजी ब्रान्डका टिभीहरू नेपालको एक मात्र आईएसओ ९००१ः२०१५ प्रमाणित टीभी भएको कम्पनीले जनाएको छ ।
यसमा ग्राहकहरूले तीन वर्षको वारेन्टीको पनि मजा लिन सक्छन् । यसपटकको विश्वकप क्रिकेट अमेरिका र वेष्ट इन्डिजमा जेठ २० गतेबाट सुरु हुँदैछ । नेपाल सन् २०१४ पछि दोस्रोपटक भाग लिँदैछ । नेपाली क्रिकेट टिम केही समयदेखि क्रिकेटमा उच्च अन्तर्राष्ट्रिय लेभलको गेम खेल्दै आइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।